खेलकुद

सुनसरीमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

सुनसरी । सुनसरीमा आगामी फागुन २१ गतेदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बक्लौरी गाविस खेलकुद समितिको अयोजनामा सो प्रतियोगितामा हुन लागेको हो । प्रतियोगितामा जिल्लाका ६ वटै क्षेत्रका खेलाडीहरुको सहभागिता हुने खेलकुद समितिका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।

चैत्र पहिलो हप्तासम्म हुने सो प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईले गर्ने भएका छन् । प्रतियोगितामा सबै राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुको उपस्थिति हुने जनाइएको छ ।