राजनीति

देउवा र निधिबीचको आईजिपी बिबादले निधिको उपसभापति पद धरापमा पर्ने संकेत

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री बिमलेन्द्र निधि बीच आईजिपी नियुक्तीको बिषयमा तीब्र बिबाद भएको छ ।

गृहमन्त्री बिमलेन्द्र निधि नबराज सिलवाललाई आईजिपी बनाउनुपर्छ भन्नेमा छन् भने काँग्रेस सभापति शेरबहादुर देउवा जयबहादुर चन्दलाई आइजिपी बनाउनुपर्छ भन्नेमा छन् । काँग्रेस नेता एनपी साउदका दाई समेत रहेका डीआईजी चन्द र डीआईजिी सिलवाल आआफ्ना ठाँउबाट कुनैपनि हालतमा आईजिपी बन्नुपर्ने अडानका साथ लागि परेका छन् ।

शेरबहादुर देउवाको चुनाबी क्षेत्र सुदुरपश्चिमका भएका र देउवा निवाससंग पहिलादेखि नै सुमधुर सम्बन्ध भएका कारण देउवाले चन्दलाई राजेका छन् । जयबाहादुर चन्द देउवा निवास र काँग्रेसका नेता कार्यकर्ताबाहेक अन्यत्र सम्पर्कमा छैनन् ।

अर्कोतिर डीआईजी सिलवाल भने भर्खरमात्र ३३ किलो सुन तस्कर गर्ने आरोपमा प्रहरीकै बहालवाला एसएसपीलाई समेत समाएर चर्चामा आएका छन् । उक्त कार्यले अन्तिम समयमा जनताबाट समेत सिलवालले वाह वाह कमाएका छन् ।

लागू औषधका डीआईजी रहेका जयबाहादुर चन्दले पनि बेला बेला मुलुकलाई हानी गर्ने तस्करहरुलाई समाएका नै थिए । अन्तिम समयमा अरबौंको कोकिनको कारोबार गरेको आरोपमा सांघाइ जस्ता घरानीयाहरुलाई लागू औषध मुद्धामा पक्राउ गरि जेल चलानी गरेर आफ्नो काम देखाएका थिए ।

प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाबीच काँग्रेसले जनपथको आईजिपी लिने र माओबादी केन्द्रले शसस्त्रको आईजिपी लिने सहमती अनुसार काम अगाडि बढ्ने हुनाले अरु पार्टीको भन्दा गृहमन्त्री निधिलाई आफ्नै सभापतिबाट आफूले चाहेको डीआईजि बनाउने सवालमा समस्या भएको देखिएको छ ।

नेपाली काँग्रेसका सभापति देउवाले मनोनीत गर्न बाँकी रहेको पदाधिकारी मध्ये उपसभापतिको दाबीमा रहेका निधीलाई आईजिपी बिबादले चिसो पस्ने काँग्रेस नेताहरु बताउछन् । यसबाट निधिसंग सभापति देउवा शसंकित भएको देउवा निकट स्रोतको दाबी छ ।