अन्तर्राष्ट्रिय

पाकिस्तानसंग अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बन्ध बिग्रने संकेत

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । मुस्लिमको बाहुल्यता भएको पाकिस्तान प्रति कठोर नीति बनाउन अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा विज्ञहरुले १८ पन्ना लामो गोप्य सुझाव पेश गरेको समाचार प्राप्त भएको छ ।

पाकिस्तान प्रतिको नीति बनाउँदा आतंकवादलाई कुनै पनि हालतमा प्रोत्सहान नमिल्ने तरिकाले बनाउनु पर्ने र पाकिस्तानलाई अफगान तालिवान र हक्कानी समुहहरुलाई सहयोग गर्न बन्द गर्न आग्रह गर्ने र सहयोग बन्द नगरेमा पकिस्तानलाई अतंकवादलाई प्रायोजन गर्ने देशका रुपमा धोषणा गर्न पछि नपर्ने भनि राष्ट्रपति ट्रम्पलाई विज्ञ टोलिले सुझाव दिएको वीवीसीले बताको छ ।

उक्त रिपोर्टमा भारत र पाकिस्तानको तनाव अझै बढ्न सक्ने बताउदै लश्कर(ए(तैयबा जस्ता शक्तीशाली आतंकबादी संगठनलाई कारबाही गर्न पाकिस्तानलाई दबाब दिनुपर्ने बताईएको छ । गोप्य रुपबाट अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पले फोन कल गरेको कुरा समेत उल्लेख गरिएको छ ।

सुत्रका अनुसार उक्त गोप्य रिपोर्ट नेश्नल सेक्युरीटी काउन्सील, सिआइए, पेन्टागन तथा विदेश विभागमा पाठाइसकीएको छ भने उक्त रिपोर्टलाई हेरीटेज फाउन्डेसन तथा हड्सन इस्टिट्युटको तर्फबाट निकालिएको हो । यस रिपोटै अनुसार डोनाल्डट्रम्पले आतंकबाद बिरुद्ध कडा कदम चाल्ने अनुमान गरिएको छ ।