खेलकुद

इनोभेटिभ र एचएचसीए उपाधिनजिक

सुर्यखबर सम्बाददाता,

काठमाडौं । आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले रातो बंगलालाई ३४–२६ ले पराजित ग¥यो । इनोभेटिभको जितमा ममता गुरुङले १३ अंक योगदान गरिन् । सन्जुमाया राईको १५ अंक सहयोगमा एचएचसीएले भ्याली पब्लिकलाई २६–२१ ले हरायो ।

सिनियर ब्वाइजमा माउन्ट कैलाश र पुष्पसदन फाइनलमा पुगे । माउन्ट कैलाशले इनोभेटिभमाथि ३५–३२ को कठिन जित दर्ता ग¥यो । माउन्ट कैलाशका भूवन बुढाले १० अंक जोडे । पुष्पसदनले डिफेन्डिङ च्याम्पियन एचएचसीएलाई ५६–४८ ले स्तब्ध पा¥यो । पुष्पसदनका चिरन्जिवी रोकायाले १९ स्कोर गरे ।

जुनियर ब्वाइजमा पनि पुष्पसदन फाइनलमा पुग्न सफल भयो । पुष्पसदनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २७–१६ ले पाखा लगाउदै नवज्योतिसंग फाइनल भेट पक्का ग¥यो । पुष्पसदनका लागि रोजिन महर्जनले १५ अंक जोडे । अर्को सेमिफाइनलमा नवज्योतिले रेडिअन्टको चुनौती २९–२२ ले समाप्त पारेको थियो । नवज्योतिका सौरव लोप्चनले ११ अंक जोडे ।