पु.समाचार

डिएसपीले आफलूलाई स्यालुट नगरेका कारण हवल्दारलाइ कुटे

काठमाडौं । स्यालुट नगरेको भन्दै हवल्दार त्रिचन्द्र बहादुर डिसी प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरबाट कुटिएका छन्।

जिल्ला ट्राफिक कार्यालय प्यूठान मार्फत बिजुवारमा कार्यरत डिसी सोमवार दिउँसो कुटिएका हुन्। कुटपिटपछि उनलाई चार घण्टासम्म बर्दिमै हिरासतमा राखेको समेत खुलेको छ। ट्राफिक चेकजाँचका क्रममा आफूले उहाँहरुलाई नदेखेको स्विकार्दै डिसीले आफूलाई अनाहकमा कुटपिटमा परेको दुखेसो गरे।

आजको नागरिक दैनिकका अनुसार सोमबार दिउँसो प्रजिअ जनकराज पन्त, डिएसपी रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल सँगै सवार थिए। उनीहरु चेरनेटाबाट बिजुवारतर्फ आउँदै गर्दा दाखाक्वाडीमा चेकजाँचका क्रममा जिल्ला प्रशासनको गाडी क्रस भएको थियो।

सोमवार बेलुका इलाका प्रहरी कार्यालय बिजुवारबाट झिकाएर हवल्दारलाई सोधपुछका क्रममा कुटपिटमा परेका हुन् । ‘श्रीमान डिएसपी सापबाट झिकावट भएर खलंगा गयौं’, घाइते डिसीले भने, ‘आफूलाई जिल्ला प्रहरी कार्यालयमा हतकडी लगाई कुटपिट गरीयो।’