राजनीति

स्थानीय निकायको निर्बाचन कुनै हालतमा गर्ने प्रधनमन्त्री दाहालको दाबी

सुर्यखबर सम्बाददाता,
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दहालले स्थानीय निकायको निर्वाचन गर्ने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले मंगलबार विद्युतिय भोटिङ मेसीनको जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन गराएरै छोड्ने बताएका हुन् ।

निर्वाचन सम्बन्धि ऐनहरु पास गरेर सरकार निर्वाचनको तयारीमा लागेको जानकारी समयमा नै निर्वाचन हुने कुरामा कुनै पनि शंका नगर्न आग्रह गरेका छन् । नेपालको कुना कुनामा तथा दुर्गम क्षेत्रमा मोवाइल फोनको प्रयोग हुँदै आएकोले मोवाइल प्रयोगकर्ताहरुलाई विद्युतिय भोटिङमेसीन प्रयोगमा समस्या नपर्ने उक्त कार्यक्रममा प्रधानमन्त्रीले दाबी गरे ।

निर्वाचनमा विद्युतिय भोटिङ मेसीनको प्रयोगलाई सहज बनाउन निर्वाचन शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

कार्यक्रममा उपस्थीति प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले विद्युतिय भोटिङ मेसीनिको प्रयोगले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चीलो हुने बताएका छन् । त्यस्तै व्यवस्थापिका संसद र सरकारले दिने निर्देशनको पालना गर्न निर्वाचन आयोग तत्पर रहेको पनि बताएका छन् ।