विशेष

लोकमानले बचाएका पशुपति विकास कोषका गोबिन्द टण्डन यसकारण सकिने नै भए !

काठमाण्डौ । हिन्दुहरुको आराध्यादेवको रुपमा मानिने पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव गोविन्द टण्डनले आफ्नो अधिकारलाई दुरुपयोग गर्दै कोषको अर्बौको जग्गा कालोबजारीसँग जोडिएका संघ–संस्था तथा व्यक्तिहरुलाई बाड्ने तयारी भैरहेको बुझिएको छ । पहिले नेकपा एमालेसँग जोडिएर नेता नै बनेका टण्डन बत्तिसपुतलीका स्थानीय बासिन्दा हुन् । पछिल्लो समयमा माओवादी निकट भएर पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव हात पारेका टण्डनलाई तत्कालनीन संस्कृति मन्त्रीको आदेशमा विभिन्न आरोपमा बर्खास्त गरेपछि सर्वोच्च अदालतको आदेशमा उनी पुनः थमौती भएका थिए । टण्डनले स्थानीय डनहरुसँग मिलेर माफियाहरुलाई पशुपति विकास कोषको दर्जनौ ठेक्का प्रदान गर्दै करोडौ रुपैयाँ लाभ दिलाएको श्रोत बताउँछ ।

उनी आफैमा बाहिर देखाउँदा साधुको भेषमा देखिन्छन् । उनले यो समाचार सार्वजनिक भएपछि अन्य थुप्रै घोटालाहरुमा करोडौं भ्रष्टाचार गरेको अनुमान लगाउन सकिन्छ । लोकमानसिंह कार्कीसँग समेत राम्रो सम्बन्ध भएका कारण उनले अख्तियारमा परेको करोडौं अपचलन गरेको मुद्धा समेत मिलाउन सफल भएका थिए । उनी पशुपति विकास कोषको सदस्य सचिव भएपनि उनले सरकारी तलब भने लिदैनन् । कोषको सचिविालय श्रोतका अनुसार टण्डन अन्तिम समयमा भारतीय दूतावाससँग समेत निकट रहेर ३ करोड नेपाली जनताका प्रधानमन्त्रीलाई समेत थर्काउने गरेको समेत खुल्न आएको छ ।

मंगलबार प्रकाशित समाचारका बारेमा भने टण्डनले कोषले प्रस्तावनै नगरेको विषयलाई मिडियाले उचालेको आरोप लगाएका छन् । मंगलबार बिहान सुर्यखबर डट कमसँगको कुराकानीका क्रममा सदस्यसचिव टण्डनले सो आरोप लगाएका हुन् । मंगलबारनै केही मिडियामा पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संघ संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको भन्दै समाचार स्रम्प्रेषण गरेका थिए ।

उक्त समाचारको खण्डन गर्दै सदस्य सचिव टण्डनले कोषको बैठकमा प्रस्तावनै नभएको विषयलाई उचालेर अनावश्यक ढंगले हल्ला मच्चाइएको बताए । कुराकानीका क्रममा उनले भने, ‘यो त्यत्तिक्कै चलाइएको हल्ला मात्र हो, मैले पनि समाचार आएको भर्खरै सुने । यो विषय हाम्रो प्रस्तावमै आएको छैन ।’

मंगलबार चर्चित व्यापारी अजय सुमार्गीकी पत्नी अस्मिता सुमार्गी लगायतका व्यक्तिहरुले चलाएका गैरसरकारी संस्थाहरुलाई सो जग्गा बाँड्न लागिएको भन्दै समाचार बाहिर आएको छ । बालसारथी नामक संस्थालाई भण्डारखालभन्दा उत्तरतर्फको जग्गामा माधवराज सुमार्गी स्मृति भवन निर्माण गर्ने तयारी गरिदैछरे नि भन्ने प्रश्नमा सदस्य सचिव टण्डनले भने, ‘उनीहरुले प्रस्ताव राख्नचाहि खोजेका हुन्, तर त्यो विषय प्रस्तावमा नै आएको छैन, कसैले यो विषयमा उचाल्ने काम भैरहेको छ । यो निराधार समाचार हो ।’

विगतमा विभिन्न घोटालासँग जोडिएर अख्तियार धाएका टण्डन लोकमानसिंह कार्कीसँगको सम्बन्धका कारण बचेपनि हिन्दु धर्माबलम्बीहरुका आराध्यदेव पशुपतिनाथको नाममा रहेको जग्गामा अनियमितता गर्दा बच्न सक्ने सम्भावना भने न्यून रहेको श्रोत बताउँछ । उनी पदमा रहँदा नेकपा एमालेका सचिव समेत रहेका तत्कालीन पर्यटनमन्त्रीलाई समेत नटर्ने श्रोत बताउँछ ।