राजनीति

काँग्रेस नेता सिहंले भने ‘सरकारको नियत निर्बाचन नै नगर्ने जस्तो छ’

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब माहामन्त्री प्रकाशमान सिँहले प्रधानमन्त्रीले स्थानीय तहको निर्बाचन आलटाल गरि पद लम्ब्याउन खोजेको बताएका छन् ।

आईतबार काठमाण्डौमा भएको एक कार्यक्रममा प्रमुख अतिथी रहेका सिंहले सरकारले स्थानीय तहको निर्बाचनमा केन्द्रीत भई निर्बाचन घोषणा नगर्दा संबिधान कार्यान्वयन हुन नसकेको बताएका छन् ।
गणतन्त्रमान्ने र रमानने अपन संघीयता चाहने र नचाहने शक्तीहरु सहमति भएर संबिधान बनाउनुपर्ने बाध्यता भएको हुँदा सबैकुरा समेट्न नसकिएको जानकारी दिदै संबिधान रक्षा गर्नका लागि सरकारले चाँडो भन्दा चाँडो स्थानीय निकायको निर्बाचन घोषणा गर्नुपर्ने बताएका छन् ।

आफ्नै पार्टी नेपाली काँग्रेस समेत सरकारको महत्वपूर्ण घटक भईरहेकाबेला सरकारले कतै निर्बाचन नै नगर्ने त होईन भन्दै सरकारसंग आशंका समेत ब्यक्त गरेका छन् ।