समाचार

एकल महिलाहरुको पक्षमा रातोटीका अभियान

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । मानव अधिकारको लागि महिला, एकल महिला समूह वि.स २०५२ सालमा स्थापित भई एकल (विधवा) महिलाका हक अधिकार तथा शसक्तिकरणका लागि वकालत गरिरहेको संस्थाले अहिले रातोटीका अभियान चलाएको छ ।

रातो रङलाई जीवन, प्रेम, दृढ ईच्छा शक्ति र क्रान्तिको रङ मानिन्छ । हाम्रो समाजमा एकल महिलाहरुलाई रातो रङ र श्रृगांरबाट टाढा राखिन्छ । कुनै पनि रङ प्रयोग गर्न पाउनु मानविय जन्मसिद्व अधिकार हो र यो अधिकारको हनन् कसैलाई पनि स्विकार्य हुँदैन ।

यहि सामाजिक कुरिती र कुसँस्किृतिको विरुद्घ उत्रीन र एकल महिलाहरुलाई पनि विवाहित महिला सरह रङ माथिको विभेदलाई चिर्न र समानतालाई स्थापित गर्न मानव अधिकारको लागि महिला, एकल महिला समूहले सामाजिक संजालमा रातो टिका अभियाको शुरुवात भएको छ ।

उक्त अभियान अन्तर्गत, कुनै महिला वा पुरुषले आफ्नो रातो टिका लगाएको तस्विर सामाजिक संजालमा सार्वजनिक गरी अन्य व्यक्तिहरुलाई पनि त्यस्तै तस्विर राख्न चुनौती दिने गरेका छन्, जसले गर्दा अभियानकर्ताहरुको सङ्ख्या दिनानुदिन गुणन भईरहेको छ ।

यस अभियान शुरु भएको ४ दिन पनि नबित्दै झण्डै हजार जना सामाजिक संजाल प्रयोगकर्ता महिला पुरुष दुबैले आफ्ना तस्विरहरु राखेको अभिायनकर्ता संस्थाकी संचार अधिकृत उमा थापाले बताएकी छिन् ।

यस अभियानका सुरुवाति अभियानकर्ता लिलि थापाले यस्ता कार्यले बिभेद विरुद्ध सवैलाई सचेत वनाउने सुर्यखबरलाई बताईन् ।नेपाली समाजले एकलमहिलालाई हेर्ने दृष्टीकोणमा परिवर्तन अभियानले महत्वपूर्ण भूमिका खेल्ने महिला अधिकारकर्मीहरु बताउछन् ।