राजनीति

अपरान्हको भेटमा देउवा र मोर्चाबिच काँग्रेस नेतृत्वमा सरकार बनाउने बिषयमा सहमति हुन सक्ने !

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई आईतबार दिउसो ३.०० बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसंग चिढीएर निर्बाचन घोषणा हुनु अगाबै परिमार्जन सहित संबिधान संसोधन हुनुपर्ने अडान राखेर सम्बन्ध बिच्छेद गर्ने धम्की समेत फर्केको मोर्चासंग मुलुककै ठूलो दल नेपाली काँग्रेसका सभापति देउवा मोर्चासंग वार्ता गर्ने तयारीमा लागेको देउवा निकट श्रोतले बताएको छ ।

अपरान्ह हुने उक्त दुईपक्षबीचको बैठकमा सरकारले स्थानीय निकायको निर्बाचन घोषणा गर्न ढिलाई गरेकोमा रुष्ट रहेका सभापति देउवाले स्थानीय निकायको निर्बाचनमा सरकारलाई सहयोग गर्न आग्रह गर्ने अनुमान लगाइएको छ ।

मोर्चासंग सभापति देउवाले संसोधनको पुरानो खाकामा समर्थन गरी निर्बाचनमा जान मोर्चालाई आग्रह गर्नेछन ।
मोर्चासंग देउवाले अब बन्ने आफ्नै नेतृत्वको सरकारलाई समर्थन गर्न समेत गोप्य सहमति गर्ने आँकलन राजनीतिक बृतमा गरिएको छ ।