विचार/ब्लग

प्रिय साथीसँग विछोडिएको त्यो दिन, जसले बारम्बार झस्काइरहन्छ !

-पार्वता साउद

त्यस्तै दश वर्ष जति भइसक्यो होला मेरो एकजना साथीसंग भेट नभएको । ऊसंग पहिलो पटक चिनजान भएको थियो एक हप्ता उद्घोषण तालिम केन्द्रमा । एस.एल.सी दिएर हामी खाली थियौ, त्यही समयको फाईदा लिएर हामी पनि त्यसमा सहभागी भयौ । हेर्दा सिम्पल घमण्डी खाले थिइनन् उनी तर एकदमै मिलनसार । अनि त्यो तालिममा हामी दुई उमेरले सबैभन्दा साना थियौं । हामीले नजानेको केहि भए प्रशिक्षकलाई सोध्थ्यौ । त्यो तालिममा ४०/४५ जना सहभागी थियौ । अरु सहभागी भने कोहि ११ / १२ मा पढ्थे भने कोही ब्याचलरमा पढ्थे । हामी त उमेरले पनि साना त्यही माथि पढाईले पनि । अरु साथी हामीलाई साना भनेर खुब जिस्काउथे । हामी संगसंगैका भएकोले संगै घर जाने गथ्र्यौ । उसको घर तालिमकेन्द्रबाट अलि टाढा थियो । त्यसपछि हामी छोटो समयमा एकदमै घनिष्ट भयौ । हामी एकअर्काको घर जाने क्रम पनि बढ्न थाल्यो । विस्तारै हामी फोनमा पनि कुरा गर्न थाल्यौ ।

फोनमा भन्दा हामी बढी भेट्नेनै गथ्र्यौ । एसएलसीको रिजल्टको पर्खाइमा थियौ । समय चाडै बिते जस्तो लाग्यो हामीलाई । सेकेण्ड डिभिजनमा पास भएपछि उसको र हाम्रो परिवार खुसी भएका थिए । हामीले एउटै क्याम्पसमा पढ्ने भनेका थियौ तर उसलाई दाईले सामुदायिक क्याम्पसमा भर्ना गर्नुभएछ, उसलाई थाहै थिएन । ड्रेसको लागि कपडा किनेर सिलाउने देउ है तृप्ति भन्दा त उसलाई के–के भनौ जस्तो लाग्यो । दाईले भनेपछि नाई नभनिकन हुन्छ भनेर ऊ मलाई भेट्न आई । अनि उसले भनी हेर न संगै पढ्ने भनेको दाईले सामुदायिक क्याम्पसमा भर्ना गर्नुभयो । मैले भनेको नमानिकन के गरुँ मान्नै पर्यो भनी उसले । मैले पनि हुन्छ, राम्रो छ भने पढ भने । हामी दुई आफुभन्दा ठुला मान्छेले भनेको कुरा सहजै स्वीकार गथ्र्यौ । बचन खेर जादैन भनेर सबैजना हामीलाई अथाह माया पनि गर्थे अनि हामी साना कहिल्यै भएनौ जसले जे काम भनेपनि गरिदिन्थ्यौ । त्यसैले होला सबैजना हामीलाई राम्रै मान्थे ।

दाईले ड्रेस सिलाउनु भनेपछि ऊ मेरो घरमा आई एकछिन बसेर हामी दुवैजना बजार गयौ । उसको कपडा किन्यौ । हामी दुवै भन्ने गथ्र्यौ एकअर्काबाट कहिल्यै टाढा नहुने है भनेर तर त्यस्तो भएन । उसको ड्रेस तयार भइसकेको थियो । अब मेरो पनि प्राइभेट क्याम्पसमा भर्ना खुलेको रहेछ । अंकलले छोरीको लागि एउटा फर्म ल्याइदिनु भन्नुभएको रहेछ । एकजना दाई त्यही क्याम्पसमा पढ्नुहुदोरहेछ, उहाँलाई म त चिन्दैनथे अंकलले गर्दा मलाई सजिलो भयो । जे होस मैले जानु परेन । मेरो साथीले शिक्षा संकायमा भर्ना गरेकी रहिछन् । मैले भने मानविकी संकायमा भर्ना गरे । हामी एकअर्कालाई धेरै माया गथ्र्यौ । हाम्रो क्याम्पस अलग–अलग भएपनि हामी भावनात्मक रुपमा एकदम नजिक थियौ । हाम्रो घरमा केही मिठो मसिनो केही पाकेको रहेछ भनेपनि उसलाई बोलाउने संगै खाने ऊ नआउञ्जेल म भोकै बस्थे । जब उनी आउथिन्, अनि दुबै संगै बसेर खाना आन्थ्यौ ।यसरी उसको घरमा पनि केहि मिठो मसिनो पकाएछन भने ऊ पनि म नगएसम्म खाना खानै मान्दिन थि । हामीहरुको परिवारमा पनि आफ्नै छोरी जस्तै व्यवहार गर्नुहुन्थ्यो हामी दुईलाई ।

समय बितिरहेको थियो हामी पनि भेट्ने क्रम चलिरहेको थियो । ११ को परिक्षा आयो हामी संगै पढौ भनेपनि विषय नमिल्ने भएकोले एक्लै–एक्लै पढ्ने गथ्र्याै । ११ कक्षाको परीक्षा आयो । कस्तो होला ? भनी मनमनै डर लागिरहेको थियो, उसलाई पनि डर लागिरहेको रहेछ । परीक्षा भएकोले पास गर्नुपर्छ भनेर एकदम पढाईतिर केन्द्रित भयौ हामी दुवैजना । एकदिन उसले साँझपख फोन गरेर अल द बेस्ट साथी परीक्षा राम्रो गर्नु भनी मैले पनि भने सेम टु यु तिमी पनि राम्ररी देऊ है भनेँ । अर्को दिन परीक्षा हलमा गयौ परीक्षा भनेर डर लागेको थियो तर पढेकै कुरा आएपछि निर्धक्क भएर लेखेँ अनि मैले सोचे यस्तै हो भने अर्को विषय पनि पास गर्छु भनेर परिक्षा सकाएर मनमा अनेकन कुरा खेलिरहेको थियो ।
त्यसपछि घरमा गए छिटो छिटो साथीलाई फोन गरे, कस्तो भयो परीक्षा भनेर । मैले उसलाई सोधे उसले निराश भएर भनी मैले त आजको बिगारे नपढेको आएछ त्यै भएर राम्रो भएन । मैले भने निराश नहोउ किन अरु विषय राम्रो गर्न आग्रह गरे । मैले त्यसो भनेपछि उ खुसी भई ।
त्यसपछि खाना खाएर अर्को विषयको तयारी गर्दै थिए एकदमै किताबमा केन्द्रित भएर । जसरी पढेकी थिए त्यसरी त्यो विषय पनि राम्रै भयो । उसको पनि त्यो दिनको परिक्षा राम्रै भयो भनेर फोन गरेकी थिई । हाम्रो परीक्षा पनि सकिन थालेको थियो अन्तिम थियो त्यही दिन उसको र मेरो भेट बाटोमा भयो । एकछिन कुरा गर्दै थियौ दाई देखेर हामी पनि दाईको डरले घरतिर लाग्यौ ।

हाम्रो भेट त निरन्तर भइरहेको थियो । ११ को परिक्षापछि पनि १२ मा पढ्न पाइने रहेछ जे होस एक वर्ष पर्खिनु नपर्ने भएको हुदा रमाइलो भइरहेको थियो । अनि क्याम्पसमा ११ को रिजल्ट आयो भनेर हल्ला भइरहेको थियो । मलाई त थाहै थिएन । अनि हाम्रो कक्षाका साथीले भने तिम्रो सिम्बोल नम्बर देउ न हामी हेरिदिन्छौ । मैले भने मलाई मेरो सिम्बोल नं. थाहा छैन भने । अर्को साथीले भनी परीक्षामा कसको पछाडी थियौ अनि थाहा भइहाल्छ नी मैले भने ऊ उनको पछाडी बसेकी थिए । उनको नाम मलाई थाहा छैन भनेपछि उनीहरु परीक्षामा मेरो अगाडी बसेकी केटी भएतिर लागे । अनि उनको नम्बरबाट मेरो रिजल्ट पनि हेरेछन । बेञ्चमा चार जनामध्ये दुई जना पास, दुईजना फेल भए । म पास रहेछु, एकजना अर्की साथी पास भएका रहेछौ । अनि फेल भएका दुई जना भने पाटी पाटी भनेर बोलीरहेकी थिइन । हामी पास भएकोले हुन्छ एक दिन शनीबार छुट्टीको दिन पार्टी गरौला भनेर हामीहरु त्यो दिन पढ्न मन नलागेर घर गयौँ । त्यसपछि सोचिरहेकी थिए तृप्तिले फोन गरी आज भेटौन है भनेर । रिजल्ट के भयो पहिला भन अनि मात्र भेट्छु भन्दा पनि उसले भनिन्, पहिला भेट अनि मात्र भन्छु भनेपछि मैले पनि हुन्छ भने । ऊ एकदमै निराश भएको हुँदा छिटो भेट्न मन लागिरहेको थियो ।

त्यो दिन हामी मन्दिर तिर गयौँ । मेरो घरदेखि नजिक थियो मन्दिर । मैले ममीलाई हामी मन्दिरमा बस्न जान्छौँ है २/३ घण्टा बसेर आउछौ भनेर हामी मन्दिर तिर लाग्यौ । अनि मैले रिजल्ट के भयो भन्दा ऊ निराश भई । कति विषय लाग्यो भनेर सोधे उसलाई तिन विषय लागेको रहेछ । मैले भने अब चिन्ता नगर अर्को वर्ष राम्रो गरिहाल्छौ, मेहनत गर भनेर सम्झाए, तर पनि उनी पहिलाको अवस्थामा भने आइनन् । ठिकै छ आज साह्रै निरास भएर होला भनेर सोचिरहेकी थिए । एकछिनपछि उसले भनी आज दाईले रिजल्ट ल्याएर आउनुभयो यो तालमा हुदैन । तेरो विवाह पनि गर्नुपर्छ भन्ने खबर सुनाइन् । दाईले घरमा भन्छु राम्ररी पढेको भए किन विवाह गर्थिस भनेर नानाथरी भनेका रहेछन । उसलाई रिजल्ट भन्दा पनि विवाहको कारणले नै निराश बनाएको रहेछ । मैले भने दाईले गरेर हुदैन हेर मास्टर पढ्नेबेला विवाह गर्दा ठिकै होला भनेर कुरा गर्दै थियो । उसले भनी हो हुन तै पनि के हुन्छ हेरौ भनी ।

एकछिनमा मैले भने ब्याचलरमा पढदा विवाह गर्छु भनेर दाईलाई भनौ, हामी दुबैजना गएर भन्दा मानिहाल्नुहुन्छ है । त्यसपछि तिमी राम्ररी पढ । उनले पनि ठिक भन्यौ यस्तै गर्छु भनिन् । उनले एकदिन भनेकी थिइन यदि म फेल भयो भने हामी बिस्तारै एकअर्कालाई बिर्सन सक्छौ, मैले भने मेरो तर्फबाट कदापि यस्तो हुदैन । तिम्रो बारेमा थाहा छैन । मेरै बारेमा त भन्दैछु नी तिमी त आँखाको नानीमा राख्दा नी नबिझाउने साथी पाए साह्रै भाग्यमानी छु उनले भनिन् । पछि त्यो कुरा साच्चिकै भयो, ब्याचलरमा पहिलो वर्ष पढिरहेकी छिन भन्ने सुनेकी थिए तर मलाई थाहा भएन । उसलाई फोन गर्दा नउठाने, फोन उठे पनि दाई र ममी बोल्नुहुन्थ्यो । यसरी बिस्तारै उनीबाट नै भेट्ने, बोल्ने दिन घटाउदै गइन । बिस्तारै उनले त सिम पनि परिवर्तन गरेकी रहेछिन, ठिकै छ भनेर म पनि आफ्नो पढाई निरन्तर गरिरहेकी थिए । क्याम्पसबाट आएर नोट बनाइरहेकी थिए । त्यतिबेला त्यहि साथीको फोन आयो पुरानो नम्बरबाट ।

उनले भनी मेरो घरमा भोली फुल ल्याएर आउनु है । तिमी मेरो सबभन्दा मिल्ने अनि दुःखमा साथ दिने पहिलो ब्यक्ति हौ, मैले किन ? भने । ऊ रुन थालिन् । एकछिन ममीसंग कुरा गर्ने भनी अनि ममीसंग कुरा गर्दै थिए । उसको विवाह भइरहेको रहेछ । मलाई जान मन लागेन । मैले फुल टिपेर उसको घरसम्म पु¥याउने मान्छे पाए । उसैको हातमा गिफ्ट पनि पठाइदिए । त्यसपछि उनीसंग मेरो भेट नभएको धेरै भयो । त्यो समयमा हामी एकअर्काको लागि मर्ने मान्छे आज उनी आफ्नै दुनियामा रमाइरहेकि छिनहोला । हाम्रो भेट त झन कहाँबाट हुनु । यस्तै हो समयले मानिसलाई नयाँ साथी बनाइदिन्छ । ऊ उसैसँग रमाउन पनि सिकाइदिदोरहेछ । आजभोली के गर्दै होली भनेर म सम्झिरहन्छु । उनको नम्बर भएको भए कुरा गर्थे । सम्भव भए, भेट्न पनि जान्थे । विगत सम्झेर म आफुलाई शान्त बनाउन चाहन्थे ।