राजनीति

बिद्यार्थीहरु गुणस्तरीय शिक्षा प्रदानतिर भन्दा गुण्डागर्दीबाटै निर्बाचन जित्ने अभियानमा !

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । त्रिबि परिषदले स्वबीयू निर्बाचनको घोषणा गरेपछि मुख्य दलका बिद्यार्थी भातृसंस्थाहरु आफ्नो संगठनलाई बिजयी गराउन मुलुकभरका क्याम्पसमा शक्ती प्रयोग गर्दै अभियानमा जुटेका छन् । त्रिबिले फाल्गुण १४ गतेलाई स्वबियू निर्बाचनको मिति तोकेपछि आएको २८ बर्षे उमेर बिबादलाई पन्साउदै बिद्यार्थी संगठनहरु निर्बाचनको तयारीमा लागेका छन् ।

मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संगठनले आफ्नो सबैभन्दा पुरानो र ठूलो बिद्यार्थी संगठनलाई मजबुत बनाउदै आफ्नो अस्तित्व कायम राख्ने चुनौती राखेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमलेको भातृ संगठन अनेराश्वबियू पनि नेबिसंघलाई जित्न त्यही अनुसार रणनीति बनाउदै देशभरका कलेजहरुमा अभियान चलाई रहेको छ ।

फुटेर चीरा चीर परेको नेकपा माओबादी केन्द्रको भातृसंगठन अनेराश्वबीयू क्रान्तिकारीले पनि प्रधानमन्त्री समेत रहेका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्बाचन गराउने रणनीतिलाई आत्मासाथ गर्दै स्वबीयू निर्बाचनका लागि आफ्नै तरीकाले लबिङ गरिरहेको छ ।

यानिकी क्रान्त्किारीका बिद्यार्थी नेताहरु क्याम्पसहरुमा आफ्नो पक्षका समर्थकहरु नेबिसंघ र अखिलको तुलनामा कम भएको स्वीकार गर्दछन् ।

नेपाल बिदार्थी संगठनका अध्यक्ष नैनसिँह महरले आफ्नो भातृसंगठन स्वतः ठूलो भातृसंगठन हुन र स्वभाबिक भएको दाबी गर्छन् भने अखिलकी केन्द्रीय अध्यक्ष नबिना लामा पनि उस्तै दाबी गरिरहेक थिईन् ।

नैनसिंह महरले तोकिएको मितिमा निर्बाचन हुनेमा आशंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् र उक्त तयारीमा लाग्न देसभरका बिश्वबिद्यालयका बिद्यार्थीहरुलाई आग्रह गरेका छन् । नेबिसंघभित्र उमेरको बिबाद छ नि ? भन्ने प्रश्न गर्दा उमेरको बिबाद पहिले भएपनि अहिले नेबिसंघभित्र स्वबीयू निर्बाचनलाई जसरीपनि सफल बनाउने धारणा बनेको जिकिर गरेका छन् ।

नबिना लामाले उमेरको कुरालाई थाँती राखेर लोकतन्त्रको सुन्दर पक्ष निर्बाचनलाई अखिलले आत्मासाथ गरेको बताईन् । नेबिसंघमा भएको उमेर बिबादलाई पन्छाउन केहिदिन अगाडि पार्टीले नै निर्बाचनको तयारीमा लाग्न निर्देशन दिईसकेको छ ।

अखिल क्रान्त्किारीले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो बिद्यार्थीसंगठनलाई जिताउन अपिल सहितको फ्यान पेज समेत बनाएको देख्न सकिन्छ ।

प्रत्येक दिन कलेज छेउ छाउका चियापसल र होटलहरुमा बिद्यार्थीहरुका कार्यक्रम, मिटिङ र छलफलहरु भएको देख्ल थालीएको छ । यसबाट स्वबीयू निर्बाचनबाट अब कजेजहरु भाग्न नसक्ने अनुमान सजिलै लागउन थालिएको छ ।

एकातिर बिद्यार्थी संगठनहरु स्वबीयूको लामो समयदेखि हुन नसकेको निर्बाचन हुन लागेकोमा खुसी देखिन्छन् । बिद्यार्थी संगठनहरुको शैक्षिक क्षेत्रलाई स्वच्छ बनाउने भन्दा पनि बन्द हड्ताल गर्ने, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउनेतिर लाग्ने भन्दापनि बिबादित बनाउनेतिर लागेको देखिदै आएको छ, भाबी दिनमा शैक्षिक क्षेत्रलाई पुनःर्जिबनदिने खँलेको एजेण्डा ल्याउने बिद्यार्थी संगठनको निर्माणमा सबैको प्रतिस्पर्धा हुन जरुरी देखिएको छ ।

गुण्डागर्दी र अराजनीतिक गठबन्धन गरेर जित हाँसिल गर्ने, कसैगरी पनि निर्बाचनमा जित हाँसिल गर्ने अभियानमा पुरानै तवरले संगठनहरु लागेमा स्वबीयू निर्बाचन भएर एउटा बिद्यार्थी संगठनले जित हाँसिल गरेपनि समग्र बिद्यार्थी आन्दोलनको उपलब्धि शैक्षिक क्षेत्रले पाउने देखिदैन ।