पु.समाचार

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै

काठमाण्डौ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । क्यान्सर रोगका कारण विश्वनै आक्रान्त हुने संकेत देखिइरहेको बेला नेपालमा यो रोगका विषयमा जनचेतना फैलाउनु अनिवार्य भएको सरोकारवाला पक्षहरुले बताएका छन् ।
प्रत्येक वर्ष विभिन्न चेतनामुलक कार्यक्रमहरु गरी यो दिवस मनाउने चलन छ । नेपालमा पनि शनिबार सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले भव्यताका साथ यो दिव मनाउने कार्यक्रमहरु तय गरेका छन् ।

खानपानमा ध्यान पुर्यारए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।