समाचार

तीस हजार तिरेपछि थेसिस हातैमा

काठमाडौं । ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् ।

त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइपिङ, सेटिङ र हार्ड वाइन्डिङ गरिन्छ ।

तर पसलमा अर्कै वातारण देखिन्थ्यो । त्यहाँ आउने विद्यार्थीले थेसिस कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए ।
शनिबारको नागरिकमा लेखिएको छ, विश्वबिद्यालयका ख्यातिप्राप्त प्राध्यापक समेत आफ्नो सम्पर्कमा रहेको र उनीहरुको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउने बताउँदा एक विद्यार्थी छक्क परे ।