राजनीति

यस्तो रहेछ नेपाललाई केही समयमै ध्वस्त पारिदिने भित्री योजना, खुल्यो नयाँ रहस्य !

काठमाण्डौ । नेपाल विदेशीहरुको षडयन्त्रमा कसरी फस्दैछ भन्ने कुराको पूर्व राजपरिवार निकट मानिने एकजना बुद्धिजीविले भर्खरै एउटा सन्सनीपूर्ण खुलासा गरेका छन् । करिब १३ वर्षअघि माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा शासनसत्ता हत्याएको विषयमा बहस चलिरहेकै बेला उनले नेपालमा धर्मयुद्धको षडयन्त्र भैरहेको भन्दै उक्त कुराको खुलासा गरेका हुन् ।

बुधबार माघ १९ गते पूर्वराजा ज्ञानेन्द्र शासनसत्ता हातमा लिएर प्रत्यक्ष शासन गर्ने दुस्साहास गरेको १२ वर्ष पुगेर १३ वर्ष लागेको कालो दिन हो । त्यसको भोलिपल्टै अर्थात बिहीबार राजतन्त्र निकट मानिने बुद्धिजीवि दिर्घराज प्रसाईले नेपालमा धर्मयुद्ध निम्त्याउन लागिपरेका नेपालका राजनीतिक दलका नेताहरुदेखि भारतीय नेताहरुको समेत नाम लिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालदेखि स्वर्गीय गिरिजाप्रसाद कोइराला र भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीदेखि उनका पति स्व. राजिव गान्धीलाई समेत नेपाललाई तहसनहस बनाउने षडयन्त्रमा भूमिका खेलेको भन्दै कटाक्ष गरेका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाई त उनले गद्धारनै घोषणा गरेका छन् । त्यसर्थ, मुलुकको पछिल्लो अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै हामीले यो प्रसंगलाई यहाँ प्रस्तुत गरेका छौ । यस्तो छ, राजतन्त्र निकट उनै लेखक अर्थात बुद्धिजीवि प्रसाईले आफ्नो फेसबुक अकाउन्टमा लेखेको आलोचनात्मक टिप्पणी–

नेपाललाई धर्म युद्धमा फसाउनेहरुको बिरुद्ध सचेत बनौं 
पहिला जे जस्तो भएता पनि २००७ सालपछि क्रिस्चियनहरु नेपालमा छिट्पुट पसे पनि कुनै विरोध गरेका थिएनौं । २०४६ सालपछि केही मात्रमा खुलेर धर्म परिवर्तन गराउन लागेका थिए । तर २०६३ सालको आन्दोलनपछि त हद भयो । नेपालमा भारत स्वतन्त्र भएका बेलादेखि नैं भारतीय प्रशासनिक संयन्त्र, साउथ ब्लकले नेपालमाथि घीनलाग्दो थिचोमिचो गर्दै आएको छ । यसका साथै नेपालमा बिग्रेका कम्युनिष्टहरुको हावादारी क्रियाकलापले यो पवित्र हिन्दु तथा बौद्ध स्थलमा इसाईहरुबाट भावानात्मक आक्रमण गराउन बाटो खुलाउने गरेका छन् । यसले गर्दा नेपाललाई आफ्नो मौलिकता बचाएर राष्ट्र निर्माणमा सरिक हुन धेरै अप्ठ्यारो भएको छ । नेपालमा जति कम्युनिष्ट पार्टी छन्, नेतृत्व तहमा अधिकांश बाहुनहरु छन् । भारतीय गुप्तचर संस्था र कम्युनिष्टहरुले नेपाली कांग्रेसका गद्दार गिरिजाप्रसाद कोइरालालाई पदको लोभ देखाएर नेपाललाई भौडीमा हाल्न आफ्नो पक्षमा लिन सके । भारतीय गुप्तचर ‘रअ’को चासोमा यी सबै तारतम्य मिलाउने बाबुराम भट्टराई सक्रिय भएका थिए ।

बाबुराम र प्रचण्ड बीचको झगडा ‘रअ’ ले नैं मिलाइदिएपछि पुष्पकमल दाहाल पनि ‘रअ’ कै मित्र बन्न पुगे । यसरी बिग्रेका बाहुनहरु गिरिजा, प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, कृष्ण सिटौैला, रामचन्द्र पौड्याल सबै राष्ट्रघात गर्नमा बिद्रोही बने । दुःखको कुरा छ कि नेपालका बिग्रेका बाहुनहरुको कारणले २०६३ सालपछि भारतीय कांग्रेस(आई) र उसको गुप्तचर संस्था ‘रअ’ले यसरी साह्रै दुःख दिइएको हो । भारतमा सोनीया गाँधीको प्रभूत्व बढ्न थालेपछि झन् झन् नेपालमाथि आक्रमक बनेर यी दुष्ट बाहुनहरुको हालिमुहाली बढ्न थाल्यो । त्यसपछि शेरबहादुर देउवा, सुवास नेम्वाड, विजय गच्छदार, पद्मरत्न तुलाधर जस्ता गैरबाहुनहरु पनि ‘रअ’ को मार्गदर्शन अनुसरण गर्दै नेपाल जस्तो सार्वभौम, शान्ति क्षेत्रमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको रोग भित्रयाएर नेपाललाई रणक्षेत्रमा परिणत गराउने बाटोमा लागे । यूरोपका इसाई राष्ट्रहरु र सीआएको पनि समर्थन भयो ।

राजीव गान्धीकी बिधवा सोनीया गान्धी क्याथोलीक भएकाले उनले देवभूमि हिन्दु अधिराज्य नेपालमाथि आक्रमक बनेर नेपाललाई जसरी हुन्छ तहसनहस गर्ने कुकर्ममा आफ्नो शक्ति प्रयोग गरिन् । यसरी संकटग्रस्त स्थितिमा नेपाल पर्नु भनेको बिग्रेका नेपालका बाहुन कम्युनिष्ट, भारतीय प्रशासनिक संयन्त्र र इसाईहरुको चलखेल नैं हो । नेपालमा क्रिस्चियनहरु ब्याँसाको जस्तो नेपालका गरिब बाहुन, जनजाति भित्रका सोझासाझा जनताहरुको मथिङ्गल बिगारेर पैसाको बलमा चालै नपाई इसाई बनाउँछन् ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चीयन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रीसले पृथ्वीनारायण शाहप्रति क्रिस्चियनहरु बदलाको भावना राखेर पृथ्वीनारायण शाहको अपमान गर्ने कुकर्ममा लागेका हुन् । बाबुराम भट्टराई इसाई भएकाले नेपालको पहिचान समाप्त गराउन माओवादीको कथित जनयुद्धको नाममा सक्रिय बनेका थिए । अतः नेपाल जस्तो सानो राष्ट्रमा एक नेपाली जाति भएर नेपालको पहिचानको रुपमा विश्वको एकमात्र हिन्दु अधिराज्यलाई अटल राखेर नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्थाको संरक्षणमा एक भएर नेपाललाई धर्म युद्धमा फसाउनेहरुको बिरुद्ध सचेत बनौं । दीर्घराज प्रसाईं