कुराकानी

नक्कली डाक्टरमात्र होईन सबै क्षेत्रमा छन्, प्रमाणीत हुनुभन्दा अगाडि मिडीयामा उचालेर बद्नाम गर्नु गलत हो – डा.चन्दा कार्की, प्रिन्सिपल काठ्माण्डौ मेडिकल कलेज

चन्दा कार्की काठ्माण्डौ मेडिकल कलेजकी प्रिन्सिपल हुन् । महिलाहरुले मुलुकको प्रमुख राष्ट्रपति, संसदको प्रमुखको रुपमा सभामुख र सर्बोच्च अदालत जस्तो देशकै सबैभन्दा शक्तीशाली निकायमा समेत प्रमुख पाईरहेका बेला उनी पनि काठमाण्डौको सिनामंगलस्थीत उक्त अस्पतालमा कार्यकारी प्रमुखको रुपमा कार्यरत छिन् । बिहानदेखि बेलुकासम्म नै  दत्तचित्त भएर अस्पतालमा बिरामीको चेकअपमा ब्यस्त हुने प्रा.डा. समेत रहेकी कार्कीसंग सुर्यखबर सम्बाददाताले गरेको छोटो कुराकानीको सारसंक्षेप :–

१‍‍‍‍ . यहाँले आफूलाई आफैंले परिचय दिनपर्दा कसरी दिनुहुन्छ ?म एक जना प्रसूती एवं स्त्रीरोग विशेषज्ञ हुँ । हाल काठमाण्डौ मेडिकल कलेजको प्राचार्य र कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेको छु ।

 २. शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम भ्रष्टाचारको विषयका भनिदिनुस न ?
भ्रष्टाचार पत्ता लगाउने निकायमा त म हैन तर पत्र पत्रिका पढेर हेर्दा र त्यसमा विश्वास गर्ने हो भने स्वास्थ्य र शिक्षामा मात्र हैन, यहाँ हरेक तह र तप्कामा भ्रष्टाचार व्यापक भएको पाइन्छ । ट्राम्स्परेन्सी इन्टरनेशनल जस्ता संस्थाले पनि नेपाललाई भ्रष्टाचार हुने मुलुकमा अगाडि राखेको छ ।

३. स्वास्थ्य क्षेत्र गरिब जनताको पहुँचबाट टाढा देखिन्छ नि ?
हो, आज पनि सबै जनताको पहुँचमा स्वास्थ्य सेवा सहज र सुलभ तरीकाले पुगेको छैन । नेपाल सरकार सबै बर्गका जनतामा स्वस्थ्यमा पहुंच पुर्याउन गम्भीरताका साथ लागेको देखिन्छ । देशमा लामो द्वन्द्व चलि रहँदा पनि र आज सम्ममा पनि हे¥यो भने स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको देख्न सकिन्छ । अझै पनि धेरै गर्न बाँकी भएको कुरा भने सत्य नै हो ।

४. डा. गोविन्द के.सीले पटक पटक स्वास्थ्य क्षेत्र सूधारका लागि आमरण अनशन बस्नुपर्ने बाध्यता किन ? तपाईको विचारमा डा. के.सी ठीक कि सरकार र अस्पतालहरु ?
डा. गोविन्द के.सीले पटक पटक किन आमरण अनशन बस्नु पर्ने भन्ने कुराको जवाफ त हरेक पटक अनशन बस्दा उहाँले र विभिन्न मिडियाहरुले यसलाई प्राथमिकताका साथ सम्प्रेषण गरि नै रहनु भएको छ । यसमा डा. के.सी ठीक कि, सरकार ठीक, कि अस्पतालहरु ठीक भन्नु हुन्छ भन्ने कुरामा निम्न लिखित कुराहरु भन्न चाहन्छु –पहिलो स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा गूणस्तरीय हुनु पर्छ भन्ने कुरामा कसैको दुई मत छैन तर यस्ता कुरा रातारात परिवर्तन हुँदैनन्, यो निरन्तर रुपले राम्रो गर्दै जाने कुरा हो ।त्यसैले व्यक्ति वा संस्थाको Past record  हेर्नुपर्छ ।अर्को महत्वपूर्ण विचार पु¥याउनु पर्ने कुरा कुनै पनि व्यक्ति वा संस्था राम्रो या नराम्रो छ भनेर त्यस सम्बन्धी पूरै समुदायलाई राम्रो वा नराम्रो भनेर गलत प्रचार गरिनु हुन्न । त्यस्तै हरेक व्यक्ति वा संस्थालाइ राम्रो वा नराम्रो छ भने यस्ता कुराको पुरस्कार वा सजायको भागी उसैलाई मात्र बनाउनु पर्छ सम्पूर्ण स्वास्थ्य क्षेत्रमा भएका काम देश भित्रमा अरु क्षेत्रमा भए गरेका कामहरुसंग पनि दाँजेर कुरा गर्नुपर्छ । आदर्शका कुरा मात्र गरेर हुन्न ।ब्याबहारिकतालाई ध्यानमा राख्दै यस क्षेत्रलाई माथि लान इमान्दार भई प्रयास गर्नुपर्छ । यस प्रयासमा कुनै पनि व्यक्ति विशेष वा निकायको स्वार्थ लुकेको हुनु हुन्न ।
सरकारले पनि निणर्य लिदा त्यसबाट हुने वा पर्ने असरको बारेमा विचार गर्नु पर्ने हुन्छ ।

हाल स्वास्थ्य शिक्षा क्षेत्रमा गरेको निर्णयले –धेरै नेपालीका छोरा छोरीले स्वदेशमै स्वास्थ्य शिक्षा पाउने अवसर गुमेको छ । जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्तिमा पढ्न पाउने अवसर साथै रोजगारीको अवसर घटेको छ । रोजगारीको अवसर जोडीएर बेसिक साइन्स विषयमा post graduation गर्न विद्यार्थीहरु पाइएको छैन ।

जसले गर्दा यस विषयहरुमा पढाउने शिक्षकको लागि फेरि पनि विदेशकै मुख हेर्नु पर्ने वाध्यता भएको छ ।धेरै विद्यार्थीहरु बाहिर पढ्न जाँदा देशको पैसा पनि बाहिरिने त छँदैछ । देशमै इमान्दारीपूर्वक लगानी गरेर देशको सेवा गर्ने लगानीकर्ताहरुको मनोबल गिरेको छ ।Public Private Partnership गर्ने भन्ने सरकारी नीतिको धज्जी उडेको छ । नियम कानुन व्यक्ति वा संस्थालाई चोरी गर्न सिकाउने पबृतिका हुनुहुन्न ।अस्पतालहरु पनि नेपाली जनताको सेवामा इमान्दारीपुर्वक लाग्नुपर्छ र गुणस्तरीयतालाई क्रमीक रुपमा सुधार गर्ने इमान्दार प्रयास गर्नुर्छ ।

५. अस्पतालमा काम गरिरहनु भएका नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गर्यो । अन्य अस्पतालमा पनि नक्कली डाक्टरहरु भएको आशंका प्रहरीले गरेको छ, यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
डाक्टर मात्र हैन कुनै पनि पेशामा नक्कली भन्ने हुनै हुदैन । नक्कली हो भने सरकारले त्यसलाई कारवाही गरि नै हाल्छ तर कुनै पनि दोषीलाई दोष प्रमाणीत हुनु अनि नै मिडियामा उचालेर उसको चरित्र हत्या गर्ने र बदनाम गर्नु चाहिँ गलत हो ।

६. अहिले स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेका छन् भनेर समाचारमा आईरहेका छन्, उनले त्यस्तो राम्रो काम के के गरे होलान् भन्न सक्नुहुन्छ ? कि खासै राम्रो केहि गरेका छैनन् ?माननीय स्वास्थ्यमन्त्री गगन थापा ज्यू एक जना युवा, जाँगरीलो र पोजेटीभ विचार भएको नेता हुनुहुन्छ । उहाँले स्वास्थ्य क्षेत्रमा सुधारका लागि र नेपाली जनताको पहुँचमा सहज र सुलभ स्वास्थ्य सेवा पु¥याउनका लागि धेरै कामहरु इमान्दारीपुर्वक दिन रात खटेर गरी राख्नु भएको देखेको, पढेको र महशुस गरेको छु । यसमा हामी सबैले उहाँको हात बलियो पार्नु पर्छ ।

७ . मेम, राम्रो डाक्टरहरु विदेश गएर बस्ने अनि बिचकाहरु शहर केन्द्रिकृत हुने तर गाउँमा अझ बिकट क्षेत्रमा त डाक्टरहरु नजाने प्रचलनको अन्त्य हुदैन ?
यो किन भइरहेको छ भन्ने कुराको सरकारले Analysis गरेर त्यसको समाधान खोज्नु पर्र्छ । यसका कारणहरु पत्ता लगाएर तिनिहरुको समाधान गर्ने हो । भने यो समस्या हुदैं हुदैन ।

८ . स्वास्थ्य क्षेत्रपनि राजनीतिबाट टाढा रहन सक्दैन, यहाँ मुलुकको वर्तमान अवस्था र राजनीतिका विषयमा के भन्नुहुन्छ ?
राजनीती भनेको यस्तो विषय हो जसलाई राम्रोसंग देश र जनताको हितमा चलायो भने जनता र कुनै पनि क्षेत्रले राजनीतिको र पनि सोच्दैन तर यसलाई हालको जस्तो बेहाल र सुझुबुझ बिना चलाइयो भने संस्था त छोडीदिनुस हरेक व्यक्तिले आ आफ्नै तालले राजनीति गर्न थाल्छ र देश दिशाहिन हुन जान्छ ।
आजको परीप्रेक्षमा भन्नु पर्दा राजनीती गर्नेहरु व्यत्तिगत र पार्टीगत स्वार्थबाट माथि उठ्नु आजको टड्कारो आवश्यकता हो ।

  ९ . तपाईलाई एउटा फरक प्रश्न सोध्छु, तपाईको विचारमा मुलुकको सबैभन्दा ठूलो मान्छे को हो ?नेपाली जनता ।

१०. अन्त्यमा भन्नुपर्ने केही छ, भने भनिदिनुस न ?
हाम्रो मुलुक विश्वकै सबै भन्दा राम्रो मुलुक हो । हामी आ–आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठौं, देशबाट लुटपाट गर्ने नीति, बल र आंतकका नीति र भ्रष्टाचारी आचरण छोडी एउटा व्यवस्थीत रुपले देश चलाउने परिवेशको निमार्ण गरौं । हामी गौरवशाली नेपाली भई बाच्न पाउँ । मेरो यहि कामना छ, भगवानसंग पनि ।