मनोरञ्जन

‘भ्यालेन्टाइन डे’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । महेशबिक्रम पाण्डेको आधुनिक गीत ‘ह्याप्पी भ्यालेन्टाइन डे’ युट्युवमार्फत सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा रिलिज भएको यस गीतको म्युजिक भिडियोमा मोडल अस्मिक लम्साल र अञ्जनाको अभिनय रहेको छ ।

संग्स् नेपालले रिलिज गरेको म्युजिक भिडियोको निर्देशन विशाल नेपाली र सम्पादन टेकेन्द्र शाहीले गरेका छन् । आउँदै गरेको भ्यालेन्टाइनलाई लक्षितगरी तयार पारिएको यस म्युजिक भिडियोले अहिले चर्चा बटुलिरहेको छ । हेरौँ भिडियोः