आर्थिक

ईन्टरनेटले उपभोक्तालाई दिएको दुःख र क्यानलाई लगाइएको आरोपबारेमा यसो भन्छन् – अध्यक्ष ढकाल

सूचना तथा प्रबिधि सम्बन्धी संस्था क्यानले मंगलबार सम्मका लागि भृकुटीमण्डपमा सूचना, प्रबिधि, मनोन्जन प्रदर्शन र मेलाको आयोजना गरेको छ । उक्त मेलामा बिभिन्न कम्पिनीहरुले स्टलहरु राखेका छन् । ती स्टल राख्नेहरु क्यान माहासंघसंग असन्तुष्ट भएको देखियो, स्टल राख्नेहरुले आफूहरु क्यानबाट ठगिएको बताएका छन् । क्यानले ५० हजार रुपैंया आफूहरुसंग लिएको तर उक्त रकम लिएपछि आफूहरुलाई भनेजति सामानहरु लञ्च गर्न नदिएको बताएका छन् । त्यसैबीच एकजना स्पीकर राखेर ब्याबशाय प्रबर्धन गरिरहनुभएका एकजना ब्यापारीसंग हाम्रा प्रतिनिधिले कुरा गरेका छन् ।

कसलाई दिनुभयो त ५० हजार ?

नरेश भन्ने ब्यक्तीलाई दिएको हो ।

अनि माहासंघका पदाधिकारीहरुलाई कुरा राख्नुभएन ?

माथीकाले हामीलाई समय नै दिनुभएन ।

असन्तुष्टी चैं किन नि?

हामीले पैसा तिरेपछि त सामान राख्न पाउनु पर्यो नि, हैन र? प्रतित प्रश्न गरे ।

के भो त ?

ज्यादै अन्याय भो, यो त ठगी नै भो ।

यसैबीचमा क्यानका अध्यक्ष बिनोद ढकालसंग हाम्रा प्रतिनिधिले कुरा गरे, के भन्छन् त ढकाल ।

अध्यक्ष ज्यू, क्यानले ठगेको स्टल राख्नेहरुले आरोप लगाएका छन् नि ?
तेस्तो होईन, हामीले सूचनाप्रबिधिका लागि मुलुककै लागी ठूलो योगदान गरेका छौं, कसैले पेनड्राईभ बेच्ने थलो को आरोप लगाउछन्, त कसैले के आरोप, त्यो फरक कुरा हो ।

अनि स्टल राख्ने ब्यापारीहरुले पैसा लिएर समान बेच्न नदिएको आरोप लगाएका छन् नि ?
त्यो गलत हो, हामीले सूचना प्रबिधिसंग सम्बन्धी समानहरुलाई बेच्न दिन्छौं, सूचनाप्रबिधि भन्दा बाहिरका भए हामी रोक्छौं । सूचना प्रबिधिको कुरा गर्ने अनि त्यहीसंग सम्बन्धीत सामानहरु प्रदर्शनीमा राख्न नदिने त कुरा नै आउदैन नि ।

ईन्टरनेटमा भएको क्वालिटी एकदमै झूर भएर उपभोक्ताहरु ठगीएको महशुस गरिरहेका छन् नि ?
लोगसेडिगं समेत नभएको अवस्थामा उपाभोक्ताहरुले स्पीडमा ईन्टरनेट उपभोग गर्न पाउनुपर्ने हो । यसमा नियमनकारी निकाय नेपाल टेलिकम अथोरिटीले भूमिका खेल्न नसकेका कारण उपभोक्ताहरु मार्कामा परेका हुन् । आईएस्पीहरुले लोडसेडिगंका कारण जुन टार्ने परिपार्टी थियो त्यसको अन्त्य भएपछि पनि ईन्टरनेटमा गुणस्तर नआउनु टेलिकम अथोरिटीले सोच्नुपर्ने बेला आएको छ । टेलिकम अथोरिटीका दीगम्बर झा लगायतका ब्यक्तीहरुले अब फर ढंगले सोच्नुपर्ने बेला आएको छ ।

अनि अनलाईन बिज्नेशमा उपभोक्ताहरु थगीएको भन्ने छ नि ?

नेपालको परिपेक्क्षमा पेमेट प्रणालीको बिकास नभएका कारण पनि समस्या आएको हो, बिदेशमा अनलाईनमा कुनै समान आएर चित्तबुझ्दो नभए कम्पनीले क्षतीपूर्ति तिर्छ, तर नेपालमा सबै प्रणालीहरुको बिकास नभएका कारण उपभोक्ताहरु गगिएका छन् । त्यसमा हामीले भर्खरै बिकास भएको अनलाईन बिज्नेसलाई प्रबर्धन गर्नतिर लाग्नु पर्छ, उपभोक्ताहरुले पनि सामान किन्दा उपयुक्त बिश्वास गर्ने आधारहरुलाई आत्मासाथ गरेर सामान खरीद गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अनि अन्लाईन बिज्जेश गर्नेहरुले अफिस नराखीकन सामान पुर्याउने कम्पनीहरुलाई पनि स्टलमा राख्न दिनुभएको हो र ?
तेस्तो हुँदैन, हामीले पत्रपत्रिकामा सूचना प्रकाशन गर्दा नै भ्याट, दर्ता प्रमाण्पत्र, कर क्लीयरेन्स लगायतका आवस्यक सरकारी डकुमेण्ट सहित माग गरेरमात्र एग्रीमेण्ट गरेका हुन्छौं, कानुनी रुपमा हामी क्लीयर छौं । तेस्तो छ छने हामीलाई जानकारी गाराउनु हामी कारबाही गछौं ।

भाडा कति तिर्नुहुन्छ, भृकुटीमण्डपलाई ?
ठ्याक्कै थाहा भएन, तर ६ दिनको २७ देखि ३० लाख हामी तिछौंं ।

नाफा भएमा क्यानलाई नै हुन्छ ?

क्यानलाई नै हुन्छ, हामी नाफामा नै छौं, ५६ वटा जिल्लाहरुमा साखा छन्, मन्त्रालयले सहयोग नगरेका कारण भिजिटरहरुसंग सय रुपैंयाँ उठाउन बाध्य भएका हौं । सचिवालय, छ, कर्मचारीहरु छन्, नदेख्ने अरु खर्चहरु छन्, कन्फरेन्स, सेमिनार, गोस्ठि, अवरनेस, साईवर क्राईम सम्बन्धी अवारनेस आदिमा हामीले बजेज छुट्याउनुपर्ने हुन्छ ।

अनि क्यान शहरमामात्र केन्द्रीत हो र ?
होईन, क्यान रुकुम, रोल्पामा पनि हामी काम गरिरहेका छौं, हामी छिट्टै ७५ वटै जिल्लामा साखा बिस्तार गर्ने अभियानमा छौं ।

अरु के छ त क्यानको बिषयमा भन्नुपर्ने ?
हामीले गाँस, बास, कपासमा मात्र अल्झियौं भने मुलुकको बिकास अझै पछाडी पर्न सक्छ, सरकारले सूचना प्रबिधिको क्षेत्रमा केहि गर्ने सोच राखोस, हाम्रो प्रयासलाई आत्मासाथ गर्दै काम गरोस, हामीले सरकारको एकथोपा फण्ड नपाएर बर्षभरी गरेका कामको मुल्यांकन होस ।