काठमाडौं । नेकपा एमालेकी बैकल्पिक केन्द्रीय सदस्य तथा युवा संघ नेपालकी सह–इन्चार्ज निरु पाललाई पतिशोक परेको छ ।भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको सोमबार बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिएका छन् ।
आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि सोमबार बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमानै निधन भएको हो । पालको श्रीमती र दुई छोरा छन् ।