पु.समाचार

बालुवाटारमा आफु र आफ्नो पार्टी सकिनेभो भन्दै प्रचण्डको यस्तो रुवावासी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख अन्तिम सम्ममा सरकारले जसरी पनि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले अब तत्काल निर्वाचनको तयारीमा लाग्न समेत प्रमुख आयुक्त यादवलाई निर्देशन दिनुभएको श्रोतले बताएको छ ।
प्रधानमन्त्री दाहालले सो भेटका क्रममा कुनै पनि हालतमा चुनाव नरोकिने बरु अन्तिमसम्म भएपनि सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको बताइएको छ ।

भेटका क्रममा प्रमुख आयुक्त यादवले चुनावसम्बन्धी विद्येयकहरु आफ्नो हातमा पर्नासाथ कामलाई तिव्रता दिने बताउनुभएको थियो ।  प्रधानमन्त्री दाहालले विद्येयकको बारेमा चिन्ता नगर्न प्रमुख आयुक्त यादवसँग आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले वैशाखसम्म निर्वाचन सम्पन्न गर्न नसके आफ्नो र आफ्नो पार्टीको समेत अस्तित्व समाप्त हुनसक्ने संकेत दिँदै जसरी पनि सहयोग गर्न प्रमुख आयुक्त यादवसँग आग्रह गर्नुभएको श्रोतले जनाएको छ ।