राजनीति

एकाबिहानै बाबुराम भट्टराईमाथि एमाले नेतृले हानिन् गतिलो झापड !

काठमाण्डौ । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले छिमेकी मुलुक भारत र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईमाथि तिखो व्यंग्य प्रहार गरेकी छन् ।

शुक्रबार एकाबिहानै आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेखेर नेतृ झाँक्री र भट्टराईमाथि तिखो र कडा व्यंग्य प्रहार गरेकी हुन् । नेतृ झाँक्रीले भारतप्रति निकै क्रुद्ध हुँदै उसलाई डाकाको संज्ञा समेत दिएकी छन् ।

उनले नेपालीहरु निरिह भएकोप्रति संकेत गर्दै भारत डाका भएको र ज्यान बचाउनका लागि नेपालीहरुले आफ्नो खल्तीमा, नाडीमा र गलामा जे छ, त्यो बुझाउनुपर्ने एकदमै दिक्क लाग्दो अवस्था रहेको स्पष्ट पारेकी छन् । नेतृ झाँक्रीले नेता भट्टराईले भारतसँग त्यो सबै कुरा स्वकारेको भन्दै कडा झापड हानेकी छन् ।

यस्तो छ नेतृ झाँक्रीले लेखेको स्टाटस् : भारत डाका हो ज्यान बचाउन खल्तिमा, नाडीमा,गलामा जे छ त्यही दिएर ज्यान बचाउनुपर्छ  । कम्तिमा डा. बाबुराम भट्टराईले यति त स्वीकार्नुभयो ।