खेलकुद

शुक्रबारदेखि सम्झना कप टेबलनेनिस प्रतियोगिता हुँदै

काठमाण्डौ । नेपाल भेट्रान्स टेबलटेनिस संघको आयोजनामा सम्झना कप खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैचनौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ ।

प्रतियोगितामा पुरुष/महिलाको सिनियर र जुनियर सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्स तथा महिला ४० वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

सबैमा मिलाएर १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् । सम्झना लेबोरेटरी क्लिनिकको प्रायोजनमा हुन लागेको प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।