समाचार

लेवनानमा २ नेपाली महिला पक्राउ

काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली दुई महिलासहित ५ जना पक्राउ परेका छन् । लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी , एक प्यालेस्टाइनी पुरुष र नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो ।

शुक्रबारको नागरिकले लेखेको छ, पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ । पक्राउ परेकाहरुको बारेमा थप विवरण खुलाइएको छैन ।

उनीहरुले नेपालस्थित इजरायली दूतावाससहित इजरायली जासुसी संस्था मोसादलाई सूचना दिने गरेको समाचारमा उल्लेख छ ।
सञ्चार माध्यमका हनुसार आरोपीले बयान क्रममा आफ्नो अपराध कबुल गरिसकेका छन् । मोसादले भने यो घटनाको पुष्टि वा खण्डन गरेको छैन ।