पु.समाचार

कर्मचारीहरु प्रति कुलमान कडा, समयमा नै बील नल्याए बिद्युत महशुल तिर्न आफैं आउन जनतालाई आग्रह

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । अन्तिम समयमा २४ सय कर्मचारीलाई सरुवा गरेर जनमानसमा चर्चा कमाएका बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कर्मचारीहरु बील पुर्याउन घर घरमा नआए आफैं मीटर हेरेर कार्यालयमा आई बिल तिर्न जनतासंग आग्रह गरेका छन् ।

भर्खर मात्र प्रहरी बिद्युत प्राधिकरणको छड्केबाट मिलेमतोमा मीटरमा अंक घटाई भ्रष्टाचार गरेको अभियोगमा झाण्डै दुईहजार पांच सय कर्मचारीलाई बिद्युत प्राधिकरणले सरुवा गरेपछि प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन् ।

आन्दोलनका कारण बिद्युत महशुल प्रभाबित भएपछि प्रबन्ध निर्देशक घिसिङको उक्त भनाई मिडियामा आएको हो । अन्याय भएको आरोपमा सरुवा रोक्का गर्न माग गर्दै दिनहुं कर्मचारीहरुले प्रबन्ध निर्देशक घिसिङ र उपनिर्देशक गोपाल प्रसाद भट्टराईको कार्यकक्ष घेरिरहेका छन् ।

भर्खरमात्र कर्मचारीहरु सरुवा गरिएकाले रमना लिन समस्या भएका भई बिल भूक्तानीका लागि समस्या हुन सक्छ जसका कारण फाईन लाग्छ, त्यसैका कारण उपभोक्ताहरुलाई मार्का नपरोस भन्नने हेतुले मीटर हेरेर आफैं बिल भूक्तानी गर्न आउनुहुन अनुरोध गर्दछु, कुलमान घिसिङले सुर्यखबरसंगको कुराकानीमा भने ।

उर्जामन्त्री जनार्दन शर्माले पनि बिद्युत प्राधिकरणको सरुवामा खुलेरै सहयोग गरिरहेको समाचारहरु आईरहेको छ । प्रबन्ध निर्देशक घिसिङको आग्रह जनताले मान्लान वा नमान्लान त्यो भने हेर्न बाँकी नै छ ।