मनोरञ्जन

श्रृष्टिको मायामा को बन्यो तगारो ? (भिडियोसहित)

काठमाण्डौ । गायक राज कुमार गोस्वामीको नयाँ गीत काँडाघारी केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले यु-ट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । राम्रो प्रतिक्रिया संगै यस भिडियोलाई यु- ट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ । उक्त काँडाघारी बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ ।

गीतमा गायक राज के. गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकी छिन् । गायक राज के. गोस्वामी अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् । भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ ।

भिडियो निकै उत्कृस्ट बनेको र सृष्टिको काम निकै राम्रो रहेको प्रतिक्रिया मिलिरहेको छ ।