राजनीति

मन्त्री पाण्डेको हचुवा काम !

काठमाडौं । एसियाली विकास बैंक को सहयोगमा सुरु भएको ४० करोड लागतको एउटा आयोजना संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले हचुवामा उद्घाटन गरेको पाइएको छ ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, काठमाडौं महानगरपालिकाको प्रशासन र राजश्व प्रणाली (मार्स) लाई थप चुस्त पार्न विद्युतीय सुशासन सेवाको नाममा गत पुस २५ गते मन्त्री पाण्डेले राष्ट्रिय शभागृहमा डिजिटल प्रणाली उद्घाटन गरेका थिए ।

तर अहिले पनि त्यो आयोजनाले पूर्णता पाएको छैन । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मातहत कर्मचारीसँग आवश्यक छलफल नै नगरी एकलौटी ढंगबाट आयोजनाले पूर्णता पायो भन्दै उद्घाटन गराएपछि कर्मचारी चकित परेका छन् ।