आर्थिक

१३ अर्बको बिद्युत चोरीमा कर्मचारी संलग्न भेटिएपछि कुलमानले गरे एकैपटक २५ सय कर्मचारी सरुवा

सुर्यखबर संबाददाता,
काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले २५ सय कर्मचारी सरुवा गरेको छ । बिद्युत चोरीमा संलग्न भएको अभियोगमा केहिदिन अगाडिमात्र बहालवाला कर्मचारीहरुको संलग्नता भेट्टाएर प्रहरीले पक्राउ गरेर कारबाही प्रकृया अगाडी बढाए लगत्तै प्राधिकरणले २ हजार चार सय ८० कर्मचारीको एकैपटक सरुवा गरेको छ ।

उर्जामन्त्रालयले कर्मचारीहरुबाट बिद्युत चोरी भएको प्रमाण भेटिएपछि गरिएको सरुवा रोक्न सरुवा गरिएको जनाएको छ । भने उर्जा मन्त्री जनार्दन शर्माले सरुवा रोक्न धम्की आएको बताएका छन् । कसले धम्की दियो नाम भने उनले खुलाएनन् ।

एसएसपी सर्बेन्द्र खनाल र बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिँगंको टोलीले बिदुत चोरीमा संमग्न भएको आरोपमा केहि प्राधिकरणका कर्मचारीहरुलाई पक्राउ गरेपछिबर्षको १३ अर्ब भन्दा बढी बिद्युत चोरी भएको पत्ता लागेको थियो ।
कर्मचारीहरुको सरुवा रोक्न कुलमान घिसिगं र गोपालबाबु भट्टराईको कार्यालयमा कर्मचारीहरु आन्दोलनमा रहेका छन् ।

‘बिद्युत चोरीमा संलग्न रहेको आरोपमा जालो भत्काईएको आरोप उर्जामन्त्री शर्माले लगाएका छन्, उनको दाबी अनुसार सरुवा नियमानुसार नै गरिएको छ ।

सरुवा हुने कर्मचारीहरुमा काठमाण्डौबाट ७ सय ८१ जना, विराटनगरबाट ३ सय २९ जना, जनकपुरबाट ३ सय ५४ जना, हेटौंडाबाट २ सय ९२ जना, बुटवलबाट २ सय ६५ जना, पोखराबाट, १ सय ६६ जना, नेपालगन्ज बाट १ सय ६१ जना र अत्तरियाबाट १ सय ३२ जना कर्मचारीहरु बिद्युत प्राधिकरणले सरुवा गरेको छ ।

यतिका कर्मचारीहरु सरुवा भएपनि मन्त्री शर्माले यो सरुवाको पहिलोमात्र लट भएको बताएक छन्, अर्को सरुवाको लट आउन बाँकी नै रहेको बताएका छन् ।

लोडसेडिगं हटाएर जनताबाट हाईहाई भएका कुलमान घिसिगंलाई सरुवामा पनि नेपाली जनताले साथ दिने निश्चित छ ।