राजनीति

राज्यब्यबस्था समितिद्वारा एउटै चुनाब चिन्हमा निर्बाचन लड्न नपाउने निर्णय

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । संसदको राज्यब्यबस्था समितिले अब उप्रान्त धेरैवटा पार्टी मिलेर एउटै चुनाब चिन्हमा चुनाव लड्न पाउने प्राबधान हटाएको छ ।
मंगलबार सिंहदरबरमा बसेको राज्यब्यबस्थाको उपसमितिकौ बैठकले उक्त निर्णय गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने मूख्य दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले पहिला भएको गठबन्धनले एउटै चुनाब चिन्हमाा चुनाब लड्न पाउने कुराको बिरोध गदै आएका भएपनि उक्त निर्णय भएको थियो ।

यस निर्णयमा मधेसबादी दलहरु र माओबादी केन्द्रले भने असन्तुष्टी जनाएको बुझिएको छ, उपसमिति सदस्य रामेश्वर फुंयालका अनुसार माओबादी केन्द्रले गठबन्धनले एउटै चुनाव चिन्हमा भोट हाल्न नपाउने गरि गरिएको निर्णयमा फरक मत राख्ने जनाएको छ ।