राजनीति

खोटाङमा गाउँपालिका प्रस्ताब, हिँडेर ८ घण्टा, गाडिमा पनि ८ घण्टा, नसच्याए आत्मदाह गर्ने धम्की !

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । खोटाङबासीहरु राज्य पुनःसंरचना आयोगले अन्याय गरेको भन्दै यतिबेला आन्दोलनमा उत्रिएकामा छन् । खोटाङ सेवा समाज, काठमाण्डौले नेतृत्व गरेको उक्त आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री समेत रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुलाई ज्ञापनपत्र बुझाएर सुरुवाती भएको छ भने सरोकारवाला ब्यक्ती तथा शक्तीकेन्द्रहरुलाई निर्णय सच्याउन अनुरोध सहित हारगुहार गर्ने क्रम जारी रहेको छ ।

खाम्तेल बिकास मञ्चका कार्यबाहक अध्यक्ष भागवत आचार्य र आन्दोलनका लागि मञ्चका तर्फबाट संयोजक तोकिएका हेमराज कार्कीद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, “नेपालको संविधान – २०७२ बमोजिम स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक भएको जानकारीमा आएको छ ।

सो क्रममा स्थानीय निकाय पुनसंरचना सम्बन्धी खोटाङ जिल्ला स्तरीय समितिद्वारा राजापानी गाविसलाई मौरेगढी गाउँपालिका अन्तर्गत राख्न सिफारिस गरिएकोमा आयोगको प्रतिवेदनमा उक्त गा.वि.स.लाई भौगोलिक दृष्टिले अनुपयुक्त हुने गरी हलेसी महादेवस्थान गाउँपालिकामा समावेश गर्न सिफारिस गरिएको विषयप्रति यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो सिफारिस कार्यान्वयनमा आएमा राजापानी बासीलाई सदाका लागि अहित हुन पुग्ने तथा त्यहाँका जनताले स्वीकार गर्न नसक्ने भएको हुँदा मञ्च यस सिफारिसको घोर विरोध एवम् भत्र्सना गर्दछ । राज्यका सेवा सुविधा जनताको घरदैलोमा सुलभ रुपमा उपलब्ध गराउने संघीय अवधारणालाई जटिल बनाउँदै जनतालाई थप पीडा दिने गरी यो पुनसंरचना सिफारिस हुनु घोर दुःखदायी मात्र नभई अक्षम्य हर्कत हुने समेत मञ्चले ठहर गरेको छ ।”

उक्त बिज्ञप्तीमा, “राजापानी गबिसलाई राज्यले ठूलोे अन्याय गरेको मञ्चले ठहर गरेको जानकारी दिदै, विगतमा पनि राजनैतिक तहबाट राजापानी गाविस पटकपटक ठगिँदै आएको इतिहास साक्षी छ । कामीडाँडा विमानस्थल अन्यत्रै निर्माण गरिनु, खाम्तेलमा स्थापना गर्ने भनिएको माध्यमिक विद्यालय अन्तै स्थापना गरिनु लगायतका पीडा राजापानीले भोग्दै आएकोमा स्थानीय निकाय पुनः संरचनाको यस संगीन अवस्थामा ज्यादै अनुपयुक्त किसिमले भएको यस सिफारिसलाई तुरुन्त सच्याई राजापानी गाविसलाई मौरेगढी गाउँपालिकामा समावेश गर्न मञ्च जोडदार माग गर्दछ ।” भनिएको छ ।

कामीडाँडा विमानस्थल अन्यत्रै निर्माण गरिनु, खाम्तेलमा स्थापना गर्ने भनिएको माध्यमिक विद्यालय अन्तै स्थापना गरिनु लगायतका पीँडा राजापानीले भोग्दै आएको भनि तपाईहरुले आरोप लगाउन्भएको छ नि भन्दै आन्दोलनका बिषयमा सुर्यखबर प्रतिनिधिले सोध्दा मञ्चका कोषाध्यक्ष समेत रहेका संयोजक हेमराज कार्कीले अब पनि जनताले गरेको निर्णय नसच्याए खाम्तेलबासीहरु आत्मादह समेत गर्न तयार रहेको धम्की दिएका छन् ।

कामीडाँडा विमानस्थल अन्यत्रै निर्माण गरिनु, खाम्तेलमा स्थापना गर्ने भनिएको माध्यमिक विद्यालय अन्तै स्थापना गरिनु लगायतका पीँडा राजापानीले भोग्दै आएको भनि तपाईहरुले आरोप लगाउन्भएको छ नि भन्दै आन्दोलनका बिषयमा सुर्यखबर प्रतिनिधिले सोध्दा मञ्चका कोषाध्यक्ष समेत रहेका संयोजक हेमराज कार्कीले अब पनि जनताले गरेको निर्णय नसच्याए खाम्तेलबासीहरु आत्मादह समेत गर्न तयार रहेको धम्की दिएका छन् ।

स्थानीय जनताले खोटाङमा एकहप्ता भन्दा अगाडीबाट गरेको आत्न्दोलनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र लगायतका मुख्य दलहरुले सहमती जनाएपनि कसको भित्रि चलखेलका कारण उक्त स्थानीय सर्बदलीय निर्णय बिरुद्ध राज्यपुनसंरचना आयोगले सिफरिस गर्यो उनीहरु तीनछक्क छन् । केहिदिनदेखि खोटाङमा आर्थीक कृयाकलापहरु ठप्पप्रायः हुंदापनि राज्य चुपलागेर बस्नु दुःखदायी कुरा हो, नुवाकोटमा केहिदिन अगाडी यस्तै राज्यपुनसंरचनाको बिषयलाई लिएर बिबाद उत्पन्न हुंदा गोली समेत चलेको थियो ।

आफ्नो अधिकारका लागि जनताले आत्मादह गर्ने सम्मको धम्की दिनु सामान्य अवस्था नभएको बताउदै, उक्त कुरालाई धम्की भन्दा पनि जनताको जायज माग भएको हुंदा राज्यले माग पुरा गर्नुपर्ने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बिचार तरुण दलका नेता बाब्राम आचार्यले बताए ।

नयां राज्य पुनसंरचना आयोगले बिगारेको भनिएको गाँउपालीकाको कार्यालय पुग्न सर्बसाधारणहरुलाई हिँडेर पनि ८ घण्टा र गाडीमा पनि ८ घण्टा लाग्ने संयोजक कार्कीले बताए, गाडिमा जाँदा प्रस्ताबित दुईवटा गाउपालीका छिचोल्नु पर्नेभएकाले बढी समय लागेको हो, जबकी राजापानीबासीहरुले पहिले गाबिस कार्यालय पुग्न बढीमा हिँडेर एक घण्टा लाग्दथ्यो, कार्कीले जानकारी दिए ।

खाम्तेल बिकास मञ्चले जाररी गरेको बिज्ञप्ती–ः