प्रवास

कांग्रेसनिकट जनसम्पर्क समिति जापानको विवाद मिल्यो, बन्यो नयाँ कार्यसमिति (नामसहित)

काठमाण्डौ । नेपाली कांग्रेससँग आबद्ध जापानस्थित एकीकृत जनसम्पर्क समिति जापानमा देखिएको विवादको अन्त भएको छ । केही समयअघिदखि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका कार्यकर्ताहरुमा देखिएको विवाद अन्त भएको हो ।
विवाद अन्त भएसँगै जनसम्पर्क समितिको नयाँ कार्य समिति समेत निर्माण भएको नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि क्षितिज भण्डारीले बताएका छन् ।

एकताका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता सभासद राजन केसीको रोहवरमा महासमिति सदस्य चिरञ्जीवी थापाको पहलमा यो सहमति भएको जनाइएको छ । भण्डारीका अनुसार नेपाली काँग्रेस केन्द्रबाट प्राप्त निर्देशन र हाल केन्द्रीय प्रतिनिधि एवं केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको उपस्थितिमा एकीकृत समितिले पूर्णता पाएको जनाइएको छ ।

यस्तो छ भर्खरै गठन भएको नयाँ कार्यसमितिः
सभापति- डन्डपानी कँडेल(डी.पी),उप सभापपति- राजेन्द्र प्रसाद जमरकट्टेल, बद्रीनाथ पौडेल, पुस्कर जंग थापा, पेम्वा लामा, सुजन जोशी, बिष्णु अर्याल, साधना घिमिरे, नवराज थापा, पिताम्बर चापागाई (पदमपानी) , रामकृष्ण बम मल्ल, महामन्त्री- रामजंग कार्की, रेशमकुमार डंगोल सह–महामन्त्री- प्रेम प्रसाद कँडेल, हरिप्रसाद कँडेल, ध्रुबकुमार थापा, युवराज अधिकारी, टिकाराम खरेल, पोषकान्त न्यौपाने, कोषाध्यक्ष- बाबुराम सापकोटा, सावित्री लामा, सह–कोषाध्यक्ष- बासुदेब बस्ताकोटी , दिपक बुर्जामगर, प्रवक्ता- सुरेश गिरी, सदस्यहरु- राजनकुमार गिरी, कृपन दाहाल, भिमलाल गैरे, अशोक शर्मा (गोपाल), लक्ष्मण थापा, लक्ष्मण बानिया, उल्लाश पाण्डे, जीवन खड्का, कृष्ण गैरे, सुजन खड्का, सुशिल पौडेल, रामबहादुर कार्की, नविन सागर सापकोटा, ध्रुव बस्नेत, कमल आचार्य, राजु पनेरु, जिवन आचार्य, नृप बुढा, दिपक भुसाल, उमानन्द आचार्य , लक्ष्मण गुरागाई, किरण उप्रेती, चिरन पाठक, अरुण खड्का, विपिन घिमिरे, राम बास्तोला, रवि गिरी, तेजेन्द्र जि.सी. (वकिल), शिशिर ज्ञवाली, जितेन्द्र के.सी., डम्मर पुन, भुमिराज दवाडी, गुणराज सापकोटा, सुरेश सापकोटा, गीतादेवी कँडेल, सुष्मा वाइवा, मिनराशी गुरुङ, मेखबहादुर लामा (तामाङ्ग), बिजय भट्टचन, टेकबहादुर नेपाली, राजविन थापा, लिल गुरुङ्ग, शरद लामिछाने, डिल्लीराम शिवाकोटी र ल्हाक्पा गेलु शेर्पा