अन्तर्राष्ट्रिय

टर्कीको संसद्द्वारा संविधान संशोधन

एजेन्सी । टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ । अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ ।

संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तरिकाले परिवर्तन गरेको छ । उनीहरुले संशोधनमार्फत मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लगेका छन् ।

संशोधनका बारेमा झण्डै तीन हप्तासम्म भएको बहसपछि संसद्मा मतदान भएको हो । टर्कीमा संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि संसद्मा रहेका कुल सांसदहरु ५५० मध्ये कम्तीमा पनि तीन तिहाइ अर्थात् ३३० मत आवश्यक पर्दछ ।

टर्कीका प्रधानमन्त्री बिनाली यील्डीरिमले संविधान संशोधन प्रस्ताव पारित गरिदिएकोमा सांसदहरुलाई बधाई तथा धन्यवाद दिएका छन् ।

उनले जनताप्रति लक्षित गर्दै भने, हामीले हाम्रो काम ग¥यौँ, अब यसको सम्पूर्ण लाभ जनताकामा पुग्नेछ ।

तर प्रमुख प्रतिपक्षी दलका नेता केमल किलिक्डारोग्लुले भने संसद्मा गलत खेल भएको आरोप लगाएका छन् । उनले ‘संसद्ले गल्ती गरेको छ, त्यसलाई जनताले उल्ट्याउन सक्दछन्’, भन्ने अभिव्यक्ति दिएका छन् ।