पु.समाचार

एकाबिहानै कोटेश्वरमा जब विश्व पर्वातारोही पण्डितको आँखामा यति ठूलो दुर्घटनाको दृष्य ठोकियो !

काठमाण्डौ । काठमाण्डौ यसबेला सडक विस्तार, ढल व्यवस्थापनमा कमजोरी, मेलम्चीको खानेपानीको पाइपलाइन विच्छ्याउने कामका कारण उपत्यकाको अधिकांश सडक धुलाम्मे र खाल्डाखुल्डी भएर सवारी साधन चलाउनेहरुका लागि निकै जोखिमपूर्ण भएका छन् । यसका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ ।

कुनबेला कतातिर सडकमा दुर्घटना हुने हो केही थाहा हुन्न । त्यस्तै दुर्घटनाको एउटा अकल्पनीय नमुना शनिबार बिहान काठमाण्डौको कोटेश्वरमा देखियो । विश्वका धेरै अग्ला हिमालहरु आरोहण गरेर किर्तिमान कायम गरेका सञ्जय पण्डित एकाबिहानै मर्निङ वाकमा निस्किएर दगुरिरहेका थिए । एक्कासि एउटा अकल्पनिय दुर्घटना आफ्नो अगाडि देखे । त्यो दृष्य देख्नासाथ उनले मोबाइलमा कैद गरिहाले र आफ्नो फेसबुकमा स्टाटस् लेखिहाले । जसले धेरै सर्वसाधारणहरुको ध्यान तानिदियो ।

यो अकल्पनीय र दुःखदायी घटनामा परेको मोटरसाइकल कसको त्यो त उनले खुलाएका छैनन् । तर यो सम्बन्धित पक्षको लापर्वाहीका कारण सर्वसाधारणको जीवन निकै जोखिममा परेको देखियो । जसलाई हामीले आज यहाँ दृष्यसहित उजागर गरेका छौ ।

यस्तो छ, सञ्जय पण्डितले लेखेको दुःखदायी फेसबुक स्टाटस् र दृष्यः 

कुरा हो आजको !!!!! बिहानको झिसमिसे थियो ,करिब ६ बजेर ३९ मिनेट गएको थियो होला …उज्यालो हुन् पाएको थिएन,नियमित् दौड अभ्यासको क्रममा सातदोबाटो कोटेश्वोर मेन सडकको गल्लीमा दौडिरहेको थिए | अकस्मात कोटेश्वोर नजिकै आउदा यस्तो द्रिस्य देख्न पुगे ,ठुलो खाल्टो ,खाल्टोमा भर्खर खसेको बाइक ,के हि मान्छे हरुले हेरिरहेका थिए ,यो ५ मिनेट अगाडी मात्र भएको रहेछ | सायद सडक विभागले ढल निर्माण गर्दै थियो होला | त्यहा कुनै चिन्ह थिएन ,सडक मर्मत हुदै छ भन्ने अनि अन्य कुनै पनि कुरा थिएन | के हि दिन मात्र आगाडी एउटा कार पनि त्यस खाल्टोमा परेर ,के हि घाइते भएका रहेछन | बाटो बिग्रिए पछि ,मर्मत गर्नु पर्छ तर यसरि धरापमा कुनै चिन्ह बिना भयो भने आगामी दिनमा कति जनाको दुर्घटना हुने हो | सरकार छिटो यो मर्मत तर्फ ध्यान जावस…नत्र अनाख्मा नेपाली जनताले दुख पाउनेछन

शनिबार एकाबिहानै ढल मर्मतका लागि खनिएको खाल्डोमा जाकिएको सर्वसाधारणको बाइक । तस्वीरः सञ्जय पण्डितको फेसबुकबाट