पु.समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
शनिबारको अन्नपूर्णमा लेखिएको छ, मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ।

उनले आफूसँग साढे दुइ किलो सुन भएको बताएपनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।