पु.समाचार

राजनीतिमा यस्तो पनि हुँदोरहेछ, लौ हेर्नुस् महन्थ ठाकुरको चर्तिकला !

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाएका छन् । यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाइसकेका छन् । ठाकुरले शुक्रबार पूर्वमन्त्री समेत रहेका सम्धी झालाई महामन्त्री बनाएका हुन् ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, ठाकुरकी एक मात्र छोरी डा.मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो ।