राजनीति

प्रधानमन्त्री दाहालका छोरा प्रकाशको यस्तो रुवाबासी !

काठमाण्डौ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युइए भ्रमण र त्यहाँ भएको भेटघाटको विषयलाई लिएर एउटा अनौठो भिडियो भाइरल बन्यो ।

उक्त भिडियो कति सत्य थियो त्यो त भिडियो बाहिर ल्याउने अज्ञात समुह र स्वयं प्रचण्डलाई थाहा होला तर त्यसले सामाजिक सञ्जालहरुमा निकै ठूलो स्थान पायो । प्रधानमन्त्री दाहालले गोडा लब्र्याएर हिडिरहेको जस्तो देखिने सो भिडियोको विषयमा भने कुनै पुष्टि भएको छैन ।

तर त्यसले प्रधानमन्त्री दाहाल र उनको पक्ष र विपक्षमा रहेको जनमतलाई एकपटक बहस गर्ने वातावरणको तहमा पुर्याइदियो । सोही प्रसंगमा प्रधानमन्त्री दाहालका छोरा प्रकाश दाहालले नेपालीहरुको यस्ता खाले प्रवृत्तिले निकै ठूलो बेइज्जती गरेको बताएका छन् ।

युएई भ्रमणसँग जोडिएर भिडियो बाहिर आएलगत्तै उनले आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै सो गुनासो पोखेका हुन् । प्रधानमन्त्री दाहालले गर्न खोजेको प्रत्येक सकारात्मक कामलाई एउटा समुहले देख्न नसकेको र गर्न खोजेका कामहरुलाई समेत ओझेलमा पार्ने काम गरेको भन्दै त्यस्तो खालको समुहको प्रकाशले कटाक्ष गरेका छन् । केही दिनअघि भाइरल भएको भिडियो समेत त्यसैको एउटै उदाहरण समेत भएको उनले प्रस्ट पारेका छन् ।

प्रकाशले आफ्ना पिताको पक्ष लिँदै प्रचण्डले जति मेहनत गर्न खोज्छन्, त्यति यथास्थितिवादी तत्वहरुले विभिन्न तिगडमबाजी गरेर आझेलमा पारिदिने षडयन्त्र रचिरहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् र प्रधानमन्त्री दहालको प्रतिरक्षा गरेका छन् । उनले केही महिनाअघि भारत भ्रमणमा भएको भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगको एउटै भेटको प्रसंगलाई समेत तोडमोड गर्न खोजेको आरोप सहित यस्तो रुवाबासीको स्टाटस लेखेका छन् ।

यस्तो छ प्रधानमन्त्री पुत्र प्रकाशले लेखेको फेसबुकको रुवाबासी स्टाटस :

हूंदा हूंदा त एउटा भिडियोलाईनै क्रप गरे त्यसलाई भाईरल बनाएछन् । जब जब देशले गति लिन खोजेको हुन्छ प्रचण्डले धेरै मेहनत गरेका हून्छन र देशको लागि ठुलो अवसरको खोजी गरिरहेका हुन्छन देश सफलता तिर जान्छ तब तब देशलाई यथास्थितिमा राख्ने तत्व विभिन्न तिगडमबाजीको खोजीमा लागेका हुन्छन् चाहे केहि महिना अघिको त्रिदेशिय भेट (चिन ,भारत, नेपाल) त्यो नेपालको लागि ठुलो अवसर थियो र हो, ति यथास्थितिबादीहरुले त्यसलाई ओझेलमा पार्न खोजे । हिजोको UAE भ्रमणले जुन हाम्रो देशले उचाई पक्डेको छ त्यसलाई ओझेलमा पार्ने प्रयत्न ।

यसले कसलाई फाईदा गर्छ ?? के त्यस्तो भ्रमण वा बैठकमा प्रचण्डले मेरो घर बनादिन पर्यो वा मेरो व्यक्तिगत कुरालाई पूर्ति गर्न पर्यो भन्ने मांग गर्नु हुन्छ??? निश्चयनै हामीले भोगेका दुख पिडा र मुलुकको उत्थानकै कुरा आउछ फेरि किन ?? किन हामी बुझ्दैनौ राष्ट्रले कोल्टो फेर्न जरुरी छ ? के हामी उहि पुरानो तौरतरिकामा नै रम्न तयार हो ? के हामी पिछडियको देशका नागरिक बन्ननै रुचाउने हो ? फेरि किन?? चाहे जसले होस् पात्र फरक भएपनि देश र ति देशमा बासिन्दाको जिवन स्तर सुधारौं यि र यस्ता नकारात्मक सोचले गर्दा कही कतै हामी नेपालीनै दुनिसा अगाडी बढ्यो हामी पछाडी धकेलिउ भन्ने तिर लागेका त होईनौ । एक धक्का दिउ सबै मिलौ कमसेकम हामी बिकास र उन्नति तिर लागौ । हरेक चिजलाई भौतिकवादी दृष्टिकोणबाट हेरौ ।