अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन् । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

उनको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिएका छन् ।  उनलाई अहिले अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरका हुन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु।बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए ।