समाचार

महासंघको अन्र्तराष्ट्रिय भ्रमण उपलब्धिमूलक

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुभएका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज झण्डै १५ दिनको उच्चस्तरीय भेटघाट तथा छलफलपछि आजमात्र नेपाल आइपुगेका छन् ।

महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरी भ्रमणका क्रममा अमेरिकाको राज्य विभागीय प्रमुखहरुसँग भएको उच्चस्तरीय भेटवार्ताका साथै अन्य कार्यक्रमहरु र गतिविधिहरुको बारेमा पत्रकार तथा समुदायका बीचमा जानकारी गराए ।

भ्रमणका क्रममा उनले अन्र्तराष्ट्रिय धार्मिक स्वतन्त्रता मामिला हेर्ने विभागीय प्रमुख, अन्र्तराष्ट्रिय मानवाधिकार तथा स्वतन्त्रता हेर्ने विभागीय प्रमुख र अन्र्तराष्ट्रिय नीति सम्बन्धी हेर्ने विभागीय प्रमुखसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्तामा नेपालमा धर्म निरपेक्षतासहितको संविधान जारी भइसकेको तर व्यवहारिक कार्यान्वयनका देखा परेका चुनौतीका बारेमा जानकाररी गराए ।

ख्रीष्टियन समुदायको हक, अधिकार र राष्ट्रिय सरोकारका विषयहरु र राष्ट्रिय ख्रीष्टियन महासंघ र नेपाल सरकारबीच भएका ३ बुँदे र ६ बुँदे सहमतिहरु कार्यान्वयनमा आउन नसकेकाले ख्रीष्टियन समुदायले समाधिस्थलको अभावमा खेप्नुरहेको पीडाको बारेमा समेत जानकारी गराएको उनले अवगत गराए ।

त्यस्तैगरी उनले त्यहाँ रहेका नेपाली ख्रीष्टियन समुदायसँग अन्र्त्क्रिया गर्दै त्यहाँ रहेका नेपाली ख्रीष्टियन समुदाय र करिब १५० नेपाली चर्चहरुका समस्याका बारेमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका महामहिम राजदूत अर्जुन कार्कीसँग समक्ष जानकारी गराइएको कुरा अवगत गराए ।

उच्चस्तरीय भेटवार्ताले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपालको ख्रीष्टयन समुदाय साथै अल्पसंख्यक सम्पूर्ण धार्मिक समुदायहरु र धर्म्निरपेक्षतालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउँनको लागि अति नै महत्वपूर्ण र उपलब्धिमूलक रहेको कुरा कार्यक्रम मार्फत जानकारी गराइएको थियो ।