पु.समाचार

कांग्रेस नेता आचार्यको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाली काँग्रेस अर्घाखाँचीका माहासमिति सदस्य बाशुदेव आचार्यको राजीनामा पार्टी केन्द्रीय कार्यालयले स्विकृत गरेको छ ।

उच्च अदालतको न्यायधीषमा सिफारिस भएपछि आचार्यले राजिनामा दिएका हुन् । आचार्यले एक्कासी राजीनामा दिए र उक्त राजीनामा तत्काल स्विकृत पनि भयो । नेपाली काँग्रेसले अबउप्रान्त उनी पार्टीको सात्धारण सदस्य समेत नरहेको बताएको छ ।

पार्टीकार्यालयले निकालेको बिज्ञप्तीमा के छ त जस्ताको तस्तैः–
अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं। ९ निवासी नेपाली कांग्रेसका महासमिति सदस्य श्री वासुदेव आचार्यले मिति २०७३ साल पौष १५ गते नेपाली कांग्रेसको महासमिति सदस्यबाट दिनु भएको राजीनामा सोही मिति देखि लागु हुने गरी स्वीकृत गरिएको छ । नीज आचार्य सोही मितिबाट लागु हुने गरि पार्टीको साधारण सदस्य समेत रहनु हुने छैन ।