अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पले बेलायतलाई दिए महत्वपूर्ण सल्लाह

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले लन्डनबाट प्रकाशित हुने ‘द टाइम्स’ लाई अन्तरवार्ता दिनु हुँदै युरोपियन युनियनबाट बेलायतको बहिर्गमन ठूलो विषय भएको बताएका छन् । सार्थ उनले बेलायतलाई नरम बहिर्गमनको पक्षमा उभिन आग्रह गरेका छन् ।

ट्रम्पले अन्तरवार्तामा भनेका छन्, ‘मलाई लाग्छ ब्रेक्जिट एउटा ठूलो विषय बनेको छ र यो अब छिट्टै कार्यान्वयनमा आउने छ । ब्रेक्जिटको चर्चाले तपाईहरुको पाउन्डस्टर्लिङको मूल्यमा गिरावट देखिएको छ । बेलायतका प्राय भागमा ब्रेक्जिटको पक्षमा बेलायती निर्णयको असर देखिएको छ ।’

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले बेलायतलाई अमेरिकासँग पनि छिटो र स्वच्छ व्यापार सम्झौता गर्न आग्रह गरे ।

ईयूका अन्य सदस्य पनि बहिर्गमनको पक्षमा जान सक्छन भन्दै कुनै पनि मुलुकका जनताले आफ्नै परिचय चाहन्छन् । त्यसैले कसैले मलाई यसबारे सोध्छ भने मैले उनीहरु पनि छोड्न सक्नेछन् भन्नेछु ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले आगामी बिहीबार ब्रेक्जिटबारे आफ्नो योजना सार्वजनिक गर्न लागेका बेला ट्रम्पद्वारा ब्रेक्जिटबारे आफ्नो धारणा आएको हो ।