पु.समाचार

सुशील ज्ञवालीद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनर्बहालीको माग राखेर सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।  कानुनअनुसार पाँच बर्षका लागि नियुक्त गरिएको अवस्थामा सरकारले प्राधिरणको प्रमुख पदबाट हटाउनु गैरकानुनी भएको दाबीसहित उनले सोमबार रिट दर्ता गरेको हुन् ।

मंगलबारको नागरिकमा लेखिएको छ, पुस २७ गतेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी अधिकृत पदबाट ज्ञवालीलाई हटाई गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यो निर्णय उत्प्रेषण आदेशबाट बदर गर्न ज्ञवालीले माग गरेका छन् । ज्ञवालीले प्राधिकरणको सोही पदमा रही आफूलाई काम गर्न सरकारलाई आदेश दिन पनि माग गरेका छन् ।