पु.समाचार

विमानस्थलका प्रहरी वरिष्ठ उपरिक्षक एक्कासि हेडक्र्वाटर तानिए

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ ।
केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले खत्रीसँग घटनाका विषयमा बुझ्नुपर्ने भएकाले फिर्ता बोलाएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले खत्रीलाई आइतबारदेखि प्रशासन विभागमा हाँजिर हुन निर्देशन दिएको छ ।