पु.समाचार

कार्बाहीमा परेलगत्तै लोकमानसिंह कार्कीले छाडे देश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने नखुलेको बताइएको छ ।
सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन् ।