खेलकुद

एपी वन सेमिफाइनलमा

काठमाडौँ । एपी वन शुक्रबार नेपाल टेलिभिजनलाई गोलरहित बराबरीमा रोकेर आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम लिग खेलमा पूर्व विजेता नेपाल टेलिभिजनलाई बराबरीमा रोकेपछि एपी वन समूह उपविजेताको हैसियतले अगाडि बढ्यो ।

एपी वनले गोल अन्तरको आधारमा टेलिभिजनलाई पछाडि पारेको हो । यस समूहबाट गत विजेता कान्तिपुर मिडिया ग्रुप समूह विजेता भएको छ । कान्तिपुरले आज एभिन्युज टिभीबाट वाकओभर पायो । आप्mना धेरै खेलाडी घाइते भएको भन्दै एभिन्युज्ले नखेलीकनै कान्तिपुरलाई खेल सुम्पेको हो ।

यसअघि समूह बीबाट इमेज च्यानल र रेडियो नेपाल अन्तिम चारमा पुगिसकेका छन् ।आइतबार सेमिफाइनलमा कान्तिरपुले रेडियो नेपाल र इमेजले एपी वनविरुद्ध खेल्नेछन् ।