पु.समाचार

सहकारी ठगी प्रकरणः मदनकृष्णसहित ३ जना जेल चलान

भक्तपुर – जिल्ला अदालत भक्तपुरले बिनादर्ता सहकारी खोली ठगी गर्ने तीन जनालाई जरिवानासहित जेल चलान गरेको छ । भक्तपुर ३ दत्तात्रयस्थित सहकारी डिभिजन कार्यालयमा दर्तै नगरी दत्तात्रय बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी सदस्यको रकम दुपयोग गरी ठगी गरेको आरोपमा सदस्यहरुबाटै मुद्दा दायर भएको अदालतले जनाएको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, सहकारीका अध्यक्ष भक्तपुर १४ का ६४ बर्षीय मदनकृष्ण श्रेष्ठलाई २ बर्ष कैद, २ लाख रुपैयाँ जरिवानासहित सोही रकम बराबरको बिगो तिर्ने फैसला सुनाएको छ ।

अदालतले कोषध्यक्ष भक्तपुर ३ दत्तात्रयका ५३ बर्षीय कृष्ण गुजुलाई ३ बर्ष कैद, ५ लाख ७९ हजार २ सय ६७ जरिवानाको फैसला गरेको छ ।
त्यस्तै सचिव ४५ बर्षीय पञ्चबहादुर गुजुलाई १ बर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको छ ।