आर्थिक

नेपाल आयल निगमलाई साढे सात करोड घाटा

काठमाडौं । नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा जनवरी महिनामा मात्रै निगमले सात करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको छ ।

शनिबारको अन्नपूर्ण पोष्टमा निगमले पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा नाफा गरेपनि सबैभन्दा बढी बिक्री हुने आधारमा डिजेलतर्फ प्रतिलिटरमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासतर्फ प्रतिसिलिन्डरमा ७८ रुपैयाँ २६ पैसाका दरले घाटा बेहोर्दै आएको छ । पछिल्लो तीन बर्षदेखि निगम नाफामा थियो ।