आर्थिक

सुन तस्करीमा अन्तर्राष्ट्रिय माफियाको हात रहेको अर्थमन्त्री महराको दाबी

सुर्यखबर सम्बमददाता,

पोखरा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भ्रष्टाचारले नेपालको राज्यगरेका छन् ।
राज्य कमजोर हुँदैछ, अपराधले राज्यसत्ता नै किनिदिन्छ, त्यो अवस्थामा सबै निरिह बन्छन्’, उनले भने,‘ अपराधको जालो भित्र पसे सबै शुद्ध त्यहाँ नपसे अशुद्ध भईन्छ, सच्चा मान्छेलाई सेवोटेज गर्ने काम त्यहीँबाट भा छ ।’ जनताको पक्षमा काम गर्दा आलोचना, असहयोग र आफू विरुद्ध षड्यन्त्र समेत हुन थालेको भन्दै उमहराले यो प्रवृत्ति राष्ट्रियताको निम्ति घातक हुने टिप्पणी समेत गरेका छन् ।

हालसालै त्रिभुवन विमानस्थलमा भएको सुनकाण्डमा आफ्नो समेत नाम मुछिएको प्रति लक्षित गर्दै अर्थमन्त्री महराले यो काण्डको पर्दाफास हुँदा को कति राष्ट्रवादी भन्ने तथ्य समेत स्पष्ट हुने दावी गरेका छन् । अन्तर्राष्ट्रिय गिरोहले नेपालको सरकार, सुरक्षा लगायतका सबै अंगमा प्रवेश गर्न चाहेको बताउँदै उहाँले उनीहरुलाई रोक्नको लागि स्पष्ट कार्यदिशा बनाउन सरकार लागि परेको जिकिर समेत गरेका छन् ।

अर्थ मन्त्रालय तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजना भएको बजेट, राजश्व नीति तथा कार्यक्रम र सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बोल्दै महराले अपराधीलाई राज्यसत्ताभन्दा माथि जान दिन नहुनेमा जोड समेत दिएका छन्।

उहाँको संकेत नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा लिएर ठूला अन्तर्राष्ट्रिय गिरोहले नेपाल हुँदै सुन तस्कर गरेकोप्रति लक्षित रहेको थियो । अन्तर्राष्ट्रिय माफियाहरुले नेपालको सबै संयन्त्रहरुलाई आफू अनुकुल प्रयोग गर्न खोजेको र देशप्रति बफादार हुनेलाई अनेक प्रपञ्च रचेर असफल बनाउने गरेको समेत उनको भनाई तात्पर्य थियो ।

‘ म त राजनीति पनि गरेर आएको मान्छे, माओवादी केन्द्रको नेता पनि, अपराधीलाई राज्यसत्ताभन्दा माथि जान दिनु हुँदैन ।’–उनको जोड थियो । पोखरामा आफूले बिताएका संघर्षका दिनहरु सम्झँदै महराले अपराधीहरु नै सधैं राज्यसत्ता चलाउने प्रवृत्ति हावी भए नेता, राज्य संयन्त्र र प्रहरी समेत निरिह बन्ने दिन आउने बताएका छन्।

‘त्यस्तो अवस्था आए हामी त पात्र मात्र हौँ, यहाँ धेरै ठूला माछा छन्, हामी त भुरेभारे मात्र हौँ,उनीहरुलाई परास्त गर्नु अहिलेको पहिलो चुनौति हो ।’–उनले भने ।

मित्र राष्ट्र भारतले एक हजार र पाँच सय रुपैयाँका नोटहरु प्रतिबन्ध लगाएपछि कालो धनलाई सेतो बनाउन सुनलाई माध्यम बनाइएको चर्चा चलिरहेकै बेला आएको अर्थमन्त्रीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।