पु.समाचार

सांसद रामहरि खतिवडासँग पूर्व प्रधानसेनापति गुरुङका छोराले यसरी माफी मागे !

Ramhari Khatiwada

सुर्यखबर सम्वाद्दाता–
काठमाण्डौ । केही दिनअघिदेखि नेपाली कांग्रेसका नेता एवम् सांसद रामहरि खतिवडासँग जोडिएर एउटा अफवाहमा सांसद खतिवडाले क्लिन चिट पाएका छन् । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबल गुरुङको १४ लाखको रोलेक्स घडी हराएको विषयसँग जोडिका खतिवडालाई प्रवलले एक विज्ञप्ति जारी गरि सो घट्नामा सांसद खतिवडाको कुनै हात नरहेको जनाएपछि उनले सो काण्डमा क्लिन चिट पाएका हुन् ।

गुरुङले आफु बिहान होटल र्याडिसनको हेल्थ क्लब गएको बेला चेन्जिङ रुममा झुक्किएर सांसद खतिवडाको पकेटमा सो घडी परेको र घडी देख्नासाथ खतिवडाले आफ्नो साथीमार्फत जानकारी गराएको समेत जनाएका छन् ।

प्रबल गुरुङले सो घडी आफ्नो बुबा छत्रमानलाई सम्धि भेटका क्रममा भाटभाटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले दिनुभएको जनाएका छन् । केही समयअघिदेखि आफुले सो घडी लगाउँदै आएको समेत उनले बताएका छन् ।

पूर्व प्रधानसेनापति पुत्र गुरुङले आफ्नो घडी हराएको विषयमा सांसद खतिवडामाथि लगाइएको आरोपको खण्डन समेत गरेका छन् र उनलाई त्यस्तो आरोप नलगाउन समेत सर्वसाधारणहरुसँग आग्रह गरेका छन् । आफ्नो घडी हराएको विषयमा सांसद खतिवडाको आत्मसम्मान र सामाजिक प्रतिष्ठामाथि पर्न गएको चोटप्रति गुरुङले गहिरो दुःख व्यक्त समेत गरेका छन् ।
यस्तो छ प्रबल गुरुङले जारी गरेको विज्ञप्तिः