समाचार

वैशाखबाट वितरण हुँदै गरिबी परिचयपत्र

काठमाडौं । सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रबन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्ने अनुमान गरिएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, आयमूलक कार्यक्रम, सीपमूलक योजना, निशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्याननको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपछि गरिबी पहिचानपत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए ।