राजनीति

पृथ्वी जयन्तीकै दिन बाबुराम भट्टराईमाथि हमला, बाबुरामले भने फर्काएनन् जवाफ !

काठमाण्डौ । बुधबार राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्ती । देशभर नेपाल एकीकरण गर्ने बडामहाराज पृथ्वीनारायण शाहको सम्झना गर्दै यो दिवस भव्य रुपमा मनाइयो । राष्ट्रिय एकता दिवसका अवसरमा थुप्रै कार्यक्रमहरु समेत भए र सबैले नेतादेखि सर्वसाधारणसम्मले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गरे । वास्तवमा पृथ्वीनारायण शाह नेपालका एकताका प्रतिक हुन् र उनले यो देशलाई एउटै मालामा नगाँसेको भए आजको आधुनिक नेपाल सम्भव थिएन । त्यसैले पनि पृथ्वी जयन्तीलाई राज्यको नेतृत्वमै सार्वजनिक विदा दिएर भव्य रुपमा मनाउनुपर्ने बहस उठ्ने गरेको छ । यद्यपि, सरकारले एकता दिवसमा सार्वजनिक विदा भने दिएन ।

केही वर्षअघिसम्म सार्वजनिक विदा दिने चलन भएपनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराइले यसलाई खारेज गर्न लगाएका थिए । तर यो विषयमा भने बाबुरामले पछिल्ला वर्ष केही बोलेका छैनन् । देशैभर एकता दिवसमा विदा दिनुपर्ने बहस चर्किदै गएपनि उनी भने मौन देखिने गरेका छन् । राष्ट्रिय एकता दिवसकै दिन पनि बाबुरामले आफ्नो व्यक्तिगत प्रतिक्रिया दिएनन् । राष्ट्रिय दिवस वा एजेन्डाहरुमा तत्काल आफ्नो फेसबुक अकाउन्टमा प्रतिक्रिया दिने उनले यो विषयमा भने केही प्रतिक्रया लेखेका छैनन् । बाबुरामको यो कदम कति ठिक थियो त इतिहासको समिक्षा गर्नेहरुले निश्कर्ष निकाल्न सक्छन् तर यसबेला उनले चालेको यो कदमका बारेमा एकजना लेखकले बाबुराममाथि नराम्रोसँग कटाक्ष गरेका छन् । उनले बाबुरामले पृथ्वी जयन्तीका दिन विदा दिने संस्कृतिमाथि सिधै हस्तक्षेप गरेको भन्दै कडा शब्दमा हमला गरेका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै पूर्व राजपपरिवार अर्थात राजावादी कित्तामा कलम चलाउँदै आएका लेखक दिर्घराज प्रसाईले बाबुराम लगायत पछिल्ला नेताहरुका कदमप्रति चर्को आलोचना गरेका छन् । यस्तो छ प्रसाईले कटाक्ष रुपमा लेखेको कडा टिप्पणी–
जसले नेपालीलाई स्वाभिमान प्रतिष्ठाका साथ बाँच्न सिकायो नेपालका गद्दारहरुले नेपालको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती खारेज गरे । माओवादी कथित जनयुद्धमा पृथ्वीनारायण शाहका सालिक भत्काउने काम गरियो। गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराईले उनको अवमूल्यन गर्दै पृथ्वीनारायणलाई सामन्तीका नाइके भनेर कान्तिपुरमा लेखे– पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे। उनले धार्मिक आधारमा खस आर्यहरुलाई माथिल्लो जातको मान्ने र अरु जातलाई तल्लो जातका मान्ने गर्थे।

पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पीडनमा आधारित थियो । यिनै भट्टराईले माओवादी युद्धका बेला पृथ्वीनारायण शाहको सालिक भत्काउने अभियानै पनि चलाए । गोर्खास्थित बाटले चौरमा निर्मित पृथ्वीनारायणको सालिक पनि ढालियो। सो ठाउँमा लखन थापाको सालिक ठड्याइयो। के लखन थापाको सालिक राख्ने जग्गा अन्य ठाउँमा पाइँदैनथ्यो ? पोखरामा पृथ्वीनारायणको सालिक ढालेर थापाको राखिएपछि त्यसको अनावरण गर्न पनि प्रधानमन्त्रीका रूपमा तिनै भट्टराई पुगेका थिए ।

२०६३ को आन्दोलनपछि गृह मन्त्री नियुक्त भएका कृष्ण सिटौलालाई दबाब दिएर बाबुराम भट्टराईले नै पुस २७ गते सरकारीरूपमा मनाइँदै आएको पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस नमान्ने निर्णय गराए। त्यो बेलादेखि अनेकौं सरकारी बिदा थपिए तर नेपालको राष्ट्रिय एकता दिवस भने खारेज गरियो। यहीँबाट प्रारम्भ हुन्छ नेपालको विखण्डन प्रक्रिया र अधोगति ।

मानिसले जतिसुकै शैक्षिक योग्यता हासिल गरे तापनि ऊसँग आफ्नो जन्भूमिप्रति प्रेम छैन र राष्ट्र निर्माताप्रति नकारात्मक हुन्छ भने त्यस्ता कपुत नै देशका रोग हुन् । आखिर किन बाबुरामले आफ्नै देशको पहिचानमाथि धावा बोलेरु यति तल झरेर नेपालीहरुको अपमान गरेरु उनले इसाईहरुको इशारामा यो कुकर्म गरे किनकि उनी पनि गोर्खा लुइटेल स्कुल पढ्दै गरेका बेलादेखि इसाई बनेका हुन् भन्ने कुरा सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन् ।

त्यसैले राष्ट्र निर्माताका सालिक भत्काउने, हिन्दु मन्दिर भत्काउने, गाई काटेर खान उक्साउने काम गरेका हुन्। जसले यो देश बनायो, जसले विश्व साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपाल सिर्जना गर्योस, जसले स्वाभिमान र सार्वभौम प्रतिष्ठाका साथ नेपालीलाई बाँच्न सिकायो उनकै तेजोवध गर्नु महान् भूल हो।

अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा प्रचलित भइसकेकाले नेपालीहरुको साझा भाषाको रुपमा स्वतः रुपान्तति भएको हो । विशाल नेपालको निर्माणमा खुला आकाश जस्तै स्वतन्त्र भएर सबै जातजातीहरु मिलेर नेपालको राष्ट्रिय एकीकरणको संरक्षण गर्न सबै एक हुन पुग्नु नैं हामी विभिन्न जात जातिको गौरव हो । युगपुरुष पृथ्वीनारायण शाह सम्पूर्ण नेपाल र नेपाली जनताका भाग्य–निर्माता र गौरव हुन् । उनको सन्देश थियो– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ।’ यस्तो वीरता र सार्वभौम स्वतन्त्रताको इतिहास बोकेको यो नेपाल अधिराज्य हो । यस्तो गौरवमय इतिहास बोकेको राष्ट्रका निर्माताको जन्म दिन र राष्ट्रिय एकता दिवसलाई विदेशीको चासोमा केही नेपालका गद्दारहरुको नेपालको राष्ट्रिय एकता दिवस खारेज गरे ।

अंग्रेजले आफ्रनो नियन्त्रणमा लिन लागेको हिमवतखण्डको यो क्षत्रेका स–साना राज्यहरुलाई सानोतिनो त्यागबाट संभव नैं थिएन । नेपाल सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो । राष्ट्रिय एकीकरणको समयमा हिमवत्खण्डको यो क्षेत्र भित्रका बिभिन्न टुक्रामा विभाजित राज्यका राजाहरु अत्यन्त कमजोर भइसकेका र यो क्षेत्र र यहाँका बासिन्दाहरुको अस्मिता, यहाँका कमजोर राजाहरुबाट संरक्षण हुन नसक्ने देखेर पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको अभियानलाई समर्थन गर्न पुगेका थिए । हामी नेपालीहरु जो जहाँ छौं उमङ्गकासाथ नेपालको राष्ट्रिय गौरव कायम राख्न पौष २७ गते सगौरव राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यरुपमा मनाइरहेका छौ र मनाउँछौ ।

संकटको बेला नेपालको राजसंस्था विकल्प शक्तिको रुपमा स्थापित छ
भारतीय प्रधानमंत्री नेहरुको समयमा २००७ साल साउनमा सन् १९५० को नेपाल–भारतबीचको असमान संधि र त्यसपछि दिल्ली दिल्ली संझौता भएकाबेलादेखि श्री ५ त्रिभूवनको सुरक्षा र सहयोगको लागि राजदरबार गेटमा नेपाली सेना, भित्र पञ्जाबी सेना र श्री ५ को प्रमुख सचिवको रुपमा राजदरबारमा गोविन्दनारायण सिंह, मंत्रिपरिषदको मुख्य सचिवमा भारतकै मुर्देश्वर, नेपालको कानूनी सल्लाहकारमा भारतकै आएंगार, नेपालको आर्मी हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंहलाई राखिएको थियो । यसरी भारतले नेपालको सुरक्षार्थ हरक्षेत्रमा कब्जा जमाएपछि भारतले नेपाल माथि कति दुष्ट दृसष्टकोण रहेछ भन्ने स्पष्ट हुन्छ । त्यस्तै त्रिभूवन राजपथ भारतीय सेनाबाट निर्मित भएकाले भारतीय सेनाको बढ्दो दवदवा थियो । उत्तरी सीमानामा भारतीय सेनाको चेकपोष्ट खडा गरिनुले नेपालको अस्तित्व नैं संकटमा थियो ।

भारतको यस्तो हस्तक्षेप भएपछि हरक्षेत्रबाट प्रश्न उठ्न थाल्यो– ‘नेपालको सार्वभौसत्ता नेपाल र भारतमा कहाँ निहीत छ रु त्यस्तो अवस्थामा राजा त्रिभूवनबाट २०१० साल माघ ७ गते बिमारी अवस्थामा– ‘नेपालको व्यवस्थापिका, कार्यपालीका, न्यायपालीका अवदेखि श्री ५ मा नीहित रहेछ’ भन्दै लामो घोषणा गरेर नेपालको सार्वभौमसत्ता बचाएका थिए । राजा त्रिभूवनको घोषणाको पूर्ण अंश गृष्मबहादुर देवकोटाबाट संकलीत ‘नेपालको राजनीतिक दर्पण’ भाग १ को पहिलो भागमा उल्लेख छ ।

उक्त घोषणपछि दिल्ली संझौताको आडमा नेपाललाई भारतीयकरण गर्न भारतीयहरु लाखापाखा लागे । त्योबेलादेखि भारतीयहरुले नेपालको मंत्रिपरिषद, सेना र व्यवस्थापिकामा हात हाल्न सकेनन् । तर यस्तो ऐतिहासिक कुरालाई राजीतिक नेताहरु प्रचारमा ल्याउन चहादैनन् । यसरी संकटकोबेला नेपालको राजसंस्था एक विकल्प शक्तिको रुपमा स्थापित मानिन्छ ।