समाचार

पिके क्याम्पसमा झडप

काठमाडौं । बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।

दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरिता श्रेष्ठ घाइते भएका छन् ।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् ।